काठमाडौं- नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपीडी अभियान अन्तर्गत आउने शनिबार वरिष्ठ यूरोसर्जनद्वय डा भरतबहादुर भण्डारी र डा सुनिल श्रेष्ठले सेवा दिने भएका छन्।
प्रोस्टेट ठूलो भएका, मिर्गौला, मूत्रथैली तथा मूत्रनलीमा पत्थरीको समस्या भएका, तथा मूत्ररोग सम्बन्धी समस्या भएकाले डा. भण्डारी र श्रेष्ठले निःशुल्क ओपीडी अभियानमा सहभागी भएर लाभ लिनसक्ने अस्पतालले जनाएको छ।
नर्भिकले गत सातादेखि प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई निःशुल्क ओपीडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ।
आउने शनिबार डा.द्वयले बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म नर्भिक अस्पतालमै बिरामीहरुलाई निःशुल्क ओपीडी सेवा दिने अस्पतालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।