काठमाडौं- राष्ट्रिय सभा सदस्य कोमल वलीले कलाकार पल्पसा डंगोल (चम्सुरी) को उपचारमा सहयोग गर्न सरकारसँग माग गरेकी छिन्।
बुधबार राष्ट्रिय सभाको शून्य समयमा सांसद वलीले राष्ट्र निर्माणमा कलाकारको ठूलो योग्दान रहेको उल्लेख गर्दै कलाकारलाई समस्या परेको बेलामा राष्ट्रबाट खासै सहयोग हुने नगरेको बताइन्।
चलचित्रकर्मी र हाँस्यव्यड्ग्य क्षेत्रकी कलाकार डंगोल मिर्गौला फेल भएर मृत्युसँग लडिरहेको भन्दै सांसद वलीले उनको उपचारका लागि सरकारले सक्दो सहयोग गर्नुपर्ने भन्दै त्यसका लागि प्रधानमन्त्रीसँग माग गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।