काठमाडौं- राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले सिन्धुपाल्चोकको बाढी प्रभावितलाई राहत तथा उनीहरुको व्यवस्थापनमा सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले स्थानीय तह, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराएका हुन्।
'सिन्धुपाल्चोको मेलम्ची नदीले तण्डव मच्चाएर ठूलो जनधनको क्षति पुर्याएको छ। प्रभावितको राहत र उचित व्यवस्थापन लगायतमा स्थानीय सरकारसँग उचित समन्वयसहित संघ र प्रदेशको गम्भीर ध्यानाकषर्णका लागि अनुरोध छ,' उनले भने।
उनले संविधानमा उल्लिखित मौलिक हक संविधान जारी भएको तीन वर्षभित्र कार्यान्वयन गर्न कानुन बनाउनुपर्नेमा अधिकांश मौलिक हकका कानुन नबनेको भन्दै कानुन निर्माणमा तीव्रता दिनुपर्नेमा जोड दिए। 'सबै मौलिक हकका कानुन निर्माणमा तीव्रता दिन जरुरी छ,' सांसद देवकोटाले भने, 'अहिले ४९ विधेयकक विचाराधीन अवस्थामा छन्। सबै विधेयक संसद्मा शीघ्र पेस गर्न अनुरोध गर्दछु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।