काठमाडौं- राष्ट्रिय सभाकी सदस्य कविता बोगटीले भारतीय पक्षले तुइन काट्दा दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनामा सरकारले भारतीय पक्षको पक्षपोषण गर्न खोजेको आरोप लगाएकी छन्।
बुधबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सदस्य बोगटीले सरकारको यस्तो रवैयाले नेपालीलाई सशंकित बनाएको टिप्पणी गरिन्।
'महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षावल एसएसबीले तुइन काट्दा दार्चुला निवासी जयसिंह धामी अकालमा ज्यान गएको बारेमा सरकारले उल्टै भारतीपक्षको पक्षपोषण गर्नु, परमादेशी सरकारको रवैया आमनेपालीलाई सशंकित बनाएको' उनले भनिन्, 'यस घटनाको सत्यतथ्यको छानबिन गर्न संसदीय समितिको गठन गर्न माग गर्दै पीडित परिवारलाई उचित राहतको व्यवस्था गर्न माग गर्दछु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।