काठमाडौं– शाओमी सन् २०२१ को र्यांकिङमा ३३८औँ स्थानमा उक्लिएको छ। यससँगै शाओमी लगातार तेस्रो वर्ष फर्च्यून ग्लोबल ५००को सूचीमा परेको छ।
२०२० मा ४२२औं स्थानमा रहेको शाओमीले ८४ स्थानको महत्त्वपूर्ण अग्रता हासिल गरेको हो। यसको २०२१ को र्यांकिङले यसलाई इन्टरनेट र रिटेल श्रेणीमा सबैभन्दा छिटो वृद्धि गर्ने कम्पनीको रुपमा स्थापित गरिएको छ।
शाओमीका संस्थापक, अध्यक्ष र सीईओ लेई जूनले भनेका छन्, ‘हाम्रा विगतका उपलब्धिहरुको तुलनामा, म धेरै हाम्रो सम्भावित वृद्धिमा धेरै केन्द्रित रहेको छु। शाओमी अझै पनी प्रेरणाको पूर्ण रुप बोकेको एक युवा महत्वाकांक्षी कम्पनी हो।’
शाओमीको आय रिपोर्ट अनुसार, शाओमीको कुल राजस्व सन् २०२० मा आरएमबी २४५.९ बिलियन थियोे, जसले शाओमीलाई २०२१ को फर्च्यून ग्लोबल ५००को सूची मा ३३८औं स्थानमा उकाल्यो।
२०२१ मा, शाओमी छिटो वृद्धिको एक बलियो गतिमा रहेको छ। यसले बजारको अपेक्षाहरुलाई पार गर्दै रेभेन्यू र नेट प्रोफिटको मामिलामा विस्फोटक वृद्धि गरेको छ।
२०२१ को पहिलो त्रैमासिकमा, शाओमीको अवधिको लागि कुल राजस्व आरएमबी ७६.९ बिलियन थियो, जसले वर्ष–प्रति वर्ष ५४.७ प्रतिशतको बृद्धिको प्रतिनिधित्व गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।