काठमाडौं- गृहमन्त्री बालकृष्ण खाण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ।
गृह मन्त्रालयमा मङ्गलबार साँझ भएको भेटवार्तामा कोभिड नियन्त्रणका लागि सङ्घीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्नेबारे छलफल भएको हो।
भेटमा गृहमन्त्री खाणले कोभिड–१९ नियन्त्रणका लागि प्रदेश २ मा पर्याप्त मात्रामा खोप उपलब्ध भए पनि प्रयोग नभएको भन्दै प्रदेश २ का जनतालाई खोप लगाउनका लागि प्रदेश सरकारले उत्प्रेरित गर्न मुख्यमन्त्री राउतसँग आग्रह गरेका थिए। गृहमन्त्री खाणले भेटमा सङ्घीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई मजबुद गरी देश र जनताको पक्षमा काम गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।