काठमाडौं- ईसेवामार्फत् हवाईजहाजको टिकट काट्दा हरेक यात्रुले आकर्षक उपहार जित्नसक्ने भएका छन्। नेपालको आन्तरिक उडानतर्फ कुनै पनि गन्तव्यमा जाने हवाई यात्रु यस योजनामा सहभागी हुनसक्ने कम्पनीले जनाएको छ।
एक महिनासम्म सञ्चालन हुने यस योजनाअन्तर्गत ईसेवामार्फत् हवाई टिकट काट्ने हरेक यात्रुले अमार्या फेसन हाउसमा सपिङ गर्दा २० प्रतिशत छुट पाउने कम्पनीको भनाइ छ।
यस्तै, टाइटानमा सपिङ गर्दा १० प्रतिशत छुट पाइने छ भने भोजमा १० हजार रुपैयाँ भाग्यशाली यात्रुले २० प्रतिशत अथवा २५० रुपैयाँसम्मको छुट पाउनेछन्। यस्तै हरेक यात्रुले आगामी छ महिनाभित्रमा अर्को हवाई यात्राका क्रममा रि-सेड्युल गर्नुपरेमा त्यसका लागि लाग्ने शुल्कसमेत ईसेवाले बेहोर्ने छ।
यस योजनामा सहभागी हुनका लागि ईसेवामा केवाईसी भेरिफाइड भएको हुनुपर्नेछ भने ईसेवा एपमार्फत् टिकट काट्नुपर्नेछ।
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ईसेवामा हाल प्रत्यक्षरूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।