काठमाडौं- वैकल्पिक राजनीतिमा आउन सक्ने वैचारिक विचलन रोक्न भन्दै विवेकशील साझा पार्टीका नेताहरूले नयाँ प्रस्ताव अघि सारेका छन्।
केही दिनअघि व्यक्तिगत धारणा भन्दै पार्टी अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी, धर्मनिरपेक्षतामा जनमत सङ्ग्रह र राजतन्त्रको पक्षपोषण हुनेगरी एक आलेख प्रकाशित गरेका थिए।
‘मार्ग परिवर्तन’ नामक उक्त आलेखमा प्रस्तावित मूल अजेन्डाहरू पार्टीको उद्देश्य र आधारसँग मेल नखाने भन्दै त्यो दिशातर्फ पार्टी गए वैकल्पिक राजनीतिको मर्म मर्ने र पार्टी दुर्घटनामा पर्ने भएकाले पार्टीलाई मूल बाटोमा फर्काउन यो कदम चालिएको नेताहरुको दाबी छ।
मिश्रको व्यक्तिगत धारणा पार्टीको आधारभूत मान्यताकै विपरीत भएको निष्कर्ष निकाल्दै पार्टी संयोजक मिलन पाण्डे एवं केन्द्रीय सचिवालय सदस्यत्रय केशव दाहाल, डा. राजेन्द्र पंगेनी र रञ्जु दर्शनाले संयुक्त रूपमा नयाँ प्रस्ताव सार्वजनिक गरेका हुन्।
चार जनाको नामबाट सार्वजनिक गरिए पनि यो प्रस्तावमा पार्टीका अन्य नेतृत्व एवं सदस्यहरूको राय, सुझावलाई पनि अधिकतम रूपमा समेटिएको उनीहरूको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।