काठमाडौं- सिद्धार्थ बैंक लिमिटेड र ललितपुरको इमाडोलस्थित अर्थोप्लास्ट रिह्याब सेन्टर प्रालिबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा बैंकका हेड अफ सर्कल अफिस-कुमारीपाटी ज्ञानेन्द्र महर्जन र अर्थोप्लास्ट रिह्याब सेन्टरका प्रबन्ध निर्देशक हरीकुमार तामाङले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि बैंकका ग्राहकहरूले अर्थोप्लास्ट रिह्याब सेन्टरमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ प्रयोग गरेबापत फिजियो थेरापी सेवाको शुल्कमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्नसक्ने बैंकले जानकारी दिएको छ। साथै, उपत्यकाबाहिरका विभिन्न विस्तारित सेवा केन्द्रहरूमा पनि ग्राहकहरूले छुट प्राप्त गर्न सक्ने जनाएको छ।
उपत्यकाबाहिर मनकामना अस्पताल तुम्लिङटार, चितवन फिजियो थेरापी एण्ड रिह्याबिलीटेसन सेन्टर चितवन, पार्कल्याण्ड अस्पताल पोखरा, नव जीवन फिजियो थेरापी एण्ड रिह्याबिलीटेसन सेन्टर बुटवल र न्यूरो प्लास्ट फिजियो थेरापी एण्ड रिह्याबिलीटेसन सेन्टर धनगढीमा छुट सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।