• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन २३, २०८३ Sat, Aug 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

महाजनमोहमा फसेको मन्त्रीमण्डल

64x64
मिलन बगाले मंगलबार, साउन १९, २०७८  २०:००
1140x725

‘म तलब खान्न। म भत्ता खान्न। म केही खान्न। खाँदै खान्न।’  

नयाँ मन्त्रीमण्डल बनेपिच्छे कोही न कोही मन्त्रीले यस्तो ‘स्टन्ट’ गर्ने चलन छ। कोही नेपालमै बनेको गाडी चढ्ने। कोही निजी मोटरसाईकलमा झण्डा हालेर चढ्ने। कोही साईकल चढ्ने। कोही के गर्ने, कोही के। 

यस्ता स्टन्टले सर्वसाधारणको ध्यान तान्ने नै भयो। एक–दुई दिन अखबार र अनलाइनमा समाचार पनि छापिन्छन्। कार्टुन बन्छन्। लेख र पाठकपत्र छापिन्छन्। सफा मनले यस्तो गर्नेहरु विरलै भेटिने भएकोले यी कामलाई ‘स्टन्ट’ भन्नुपरेको हो। 

केही दिनपछि मन्त्रीजीहरु आफ्नो स्टन्ट सर्लक्कै भुल्नुहुन्छ। साइकल चढ्ने मन्त्रीको हेलिकोप्टरको बिल सबैभन्दा लामो हुनसक्छ। नेपाली मोटर चढ्ने मन्त्रीका सचिवालयका सदस्यले नै फेरिफेरि महंगा मोटर चढिरहेका हुनसक्छन्। तलब नखाने मन्त्री कमिसनको पहाडभित्र पुरिएको भेटिन सक्नुहुन्छ।मोटरसाइकल चढ्ने मन्त्रीको सवारी मन्त्रालयतिर नभएर अन्यत्र हुनसक्छ। पटाक्षप लाजमर्दो भैदिन्छ। अनि स्टन्ट पानीका फोकासरी बिलाउँछ।

फेरि नयाँ मन्त्रीमण्डल आउँछ, नयाँ स्टन्ट लिएर। कोही न कोही रंगमञ्चमा हाजिर हुन्छ। फेरि समाचार, कार्टुन, पाठकपत्र लेखिन्छन्। सयौं ट्वीट लेखिन्छन्। जात्रा चलिरहन्छ। 

स्टन्टको यो दुनियाँमा नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ पनि थपिनुभएको छ। उहाँले तलबभत्ता मात्र होइन, सरकारी सवारी साधन समेत नलिने घोषणा गर्नुभएको छ। अब निजी सवारी साधनमा झण्डा हल्लाउँदै हिड्नुहुन्छ कि झण्डामोह पनि छोड्नुहुन्छ, समयले नै बताउला। तर, उहाँको नियुक्ति अप्रत्याशित थियो। पार्टीमा मात्र हैन सत्ता गठबन्धनभित्रै प्रधानमन्त्रीको यो कदमको आलोचना भयो। 

स्वास्थ्य व्यवसायी स्वास्थ्यमन्त्री। निर्माण व्यवसायी निर्माणमन्त्री। शिक्षा व्यवसायी शिक्षा मन्त्री। उद्योगपति उद्योगमन्त्री। समयको माग यही हो? लोकतन्त्रमा मन्त्रीमण्डलको मोडेल यही हो? कसैको व्यापार व्यवसाय फस्टाउन सजिलो होस्, आफ्नो व्यवसाय अनुकूल नियम कानून बनाउन सकुन् भनेर मन्त्री पद सुम्पिनु भन्छ, लोकतन्त्रले? लोकलाज हुन्न, लोकतन्त्रलाई? दिनेले, खानेले दुनियासँग डराउनु पर्दैन? 

हरेक प्रधानमन्त्रीको यस्तो छनोटले पृथ्वीनारायण शाहको दिव्योपदेश सम्झायो। ‘दुनियाँ जसदेषी राजि रहन्छन् उसैलाई कजाई दिनु भन्ने शास्त्रमा पनि कहेको छ. दुनियाँमा बुझिहेरु भनि बुझि हेर्दा दुनियाँबाट पनि कालु पांडेको चाहा रहेछ र कालु पांडेलाई कजायि भया घाहा घराइस् बलियो राषन्यैछ भन्ने सल्लाह दिया.मेरा मनमा ता विराज बषेतिलाई कजाई दिन आटेको थियो.ज्यादा बुद्धी कालु पांडेकै ठहर्‍यो र कालु पांडेलाई कजायी भयाको हो।’

nimb
nimb
Ncell 2
Ncell 2

नागरिकको आवाज र समयको माग कताकता, प्रधानमन्त्रीको ध्यान कताकता। गुटको घेरो र थैलीको सेरोफेरोभन्दा माथी कहिले उठ्ने ?

लोकतन्त्रको मन्त्रीमण्डल साहु महाजन पोस्ने ‘थैलीमण्डल’ जस्तो भएको छ। मोतीराम भट्टको शैली सापटी लिंदा (मेरा नजरमा राम प्यारा छन् शैलीमा लेखिएको) थैलीमण्डलको महिमा यस्तो सुनिन्छ-

यता हेर्यो यतै मेरा नजर्मा साहु प्यारा छन्। 
उता हेर्यो उतै मेरा नजर्मा साहु प्यारा छन्। 
यसो भन्छौ त प्रदेशमा उसो भन्छौ त केन्द्रमा 
जता हेर्यो उतै मेरा नजर्मा साहु प्यारा छन्। 
मुलुकका सबै स्थानीय तहमाहाँ साहु व्यापक जहाँ तहाँ 
कहाँ सम्मन भनूँ याहाँ सबैमा साहु प्यारा छन्। 
रसिला हसिला साहु तिनको नाउँ सधैं गाऊ
साथ हरबखत पाउँ थैली खोल्ने उदार साहु प्यारा छन्। 
साथ कहिल्यै नछोड्नु साहु गर्नु मनमा डेरा 
सबै संसारले भन्छन् र साहुका मालिक प्यारा छन्। 

तीव्र विरोध भएपछि स्वास्थ्य राज्यमन्त्रीको नियुक्तिलाई प्रधानमन्त्री नै अप्रतक्ष्य रुपले गलत भन्न बाध्य हुनुभएको छ। अब यस्तो हुँदैन पनि भन्नुभएको छ। प्रधानमन्त्रीले नै आफ्नो नियुक्तिलाई गलत भनिदिएपछि उहाँले ‘म गलत होइन’ भन्दै राजीनामा दिनु उचित हुन्थ्यो। त्यसो नगरेर राज्यमन्त्रीज्यू अविश्वासको भूमरीलाई चिर्ने रहर गर्नुभएको छ। त्यसको सुरुआत तलब, भत्ता र यातायात सुविधा नलिने घोषणाबाट गर्नुभएको छ। 

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले ट्वीटरमा लेख्नुभएको छ— ‘स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि मैले आफ्नो सम्पूर्ण व्यवसायिक संलग्नताबाट अलग हुने निर्णय गरेको छु। पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार—व्यवसायमा संलग्न नहुने प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छु। सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सुविधामध्ये सुरक्षाकर्मीबाहेक सवारी साधन, आवास र तलबभत्ता लगायत कुनै पनि पारिश्रमिक, भत्ता र सुविधा नलिने घोषणा गर्दछु।’ 

आम नागरिकको इच्छा, अपेक्षा र अनुमान विपरीत स्वास्थ्य राज्यमन्त्रीको नाम आएपछि नागरिकले गच्छेअनुसारको विरोध गरे। सामाजिक सञ्जालमा आफ्ना मत राखे। अखबारहरुमा अविश्वास पोखियो। प्रधानमन्त्री कहिल्यै नसुध्रिने छाँटकाँटका रुपमा त्यसलाई लिइयो। नियुक्तिको विरुद्धमा नागरिक सडकमा समेत ओर्लिए। अनि स्वास्थ्य राज्यमन्त्रीले ‘म राम्रै काम गरेर देखाउँछु, अलि दिन धैर्य गर्नुहोस्’ भन्ने सन्देश दिन खोज्नुभएको छ।

उहाँ सम्हालिएर अघि बढ्न खोज्नुभएको जस्तो देखिन्छ। अड्कलेर बोल्नुभएको छ। भद्र, संयमित र शिष्ट त उहाँ हुँदै हुनुहुन्छ, आम नागरिकलाई सुविधाभोगी नबन्ने खबर दिएर 'सान्त्वना पुरस्कार' जित्न खोज्नुभएको छ। तर, विगतमा यस्ता सान्त्वना पुरस्कारले नराम्ररी विश्वास गुमाएका छन्। ठूलो भाग छोप्ने अस्त्रको रुपमा यस्ता सान्त्वना पुरस्कारहरुको दुरुप्रयोग भएको छ। त्यो भ्रमलाई उहाँले चिर्नु जरुरी छ। 

कोही सम्पन्न मन्त्रीले असल मनासयले तलब खान्न भन्नु नराम्रो होइन। तर, आफ्नो कामको पारिश्रमिक नलिँदैमा सबैथोक राम्रो हुन्छ भन्ने होइन। आफ्नो जिम्माको काम एकचित्तले गर्ने मन्त्री समयको माग हो।

कोही सम्पन्न मन्त्रीले असल मनासयले तलब खान्न भन्नु नराम्रो होइन। तर, आफ्नो कामको पारिश्रमिक नलिँदैमा सबैथोक राम्रो हुन्छ भन्ने होइन। आफ्नो जिम्माको काम एकचित्तले गर्ने मन्त्री समयको माग हो। नागरिकको सुख-दु:खको साथी, स्वार्थ नबाझिने व्यक्ति, मन्त्री पदलाई पैसा छाप्ने मेशिनको रुपमा नबुझ्ने व्यक्ति समयको माग हो। आफै अस्पताल पनि चलाउने, आफै स्वास्थ्यमन्त्री बन्ने, यो समयको माग होइन। 

निर्माण व्यवसायी नै निर्माण मन्त्री, शिक्षा व्यवसायी नै शिक्षामन्त्री, समयको माग होइन। मन्त्रीपरिषदलाई ‘साहु–महाजन परिषद्’  बनाएर पार्टी धनी बनाउनु सत्ताधारी पार्टीको माग हुनसक्छ। प्रधानमन्त्रीको माग हुनसक्छ। प्रधानमन्त्रीका ‘किचेन क्याबिनेट’का मान्छेहरुको माग हुनसक्छ। यो देशको माग होइन। सवाल धनी वा गरिब मन्त्रीको होइन, असल र इमान्दार मन्त्रीको हो। 

धन र राजकीय पदबारे थप चर्चा गरौं। राष्ट्रपति, प्रधानमन्त्री कस्तो व्यक्तिलाई बनाउने ? धनलाई योग्यता ठान्ने? तलब भत्ता केही खान्न भन्ने व्यक्ति राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बने देशलाई सस्तो पर्छ? देश गरिब भएको गरिबगुरुवाहरु सत्तामा पुगेर हो? राजाहरु जन्मजात धनी हुन्थे। उनीहरुले ‘मलाई थप धन चाहिएन’ भनेको कहिल्यै सुनिएन। धनीहरुले देश चलाउँदा देश धनी हुने भए त देशमा धनीहरुको सूची बनाएर सबैभन्दा धनी व्यक्ति राष्ट्रपति, दोस्रो धनी उपराष्ट्रपति, तेस्रो धनी प्रधानमन्त्री, चौथो धनी प्रधानन्यायधीश, पाँचौ धनी सभामुख, छैठौं धनी अर्थमन्त्री, सातौं धनी गृहमन्त्री, आठौं धनी उद्योगमन्त्री बनाए भैगो। कर्मचारी नियुक्ति गर्दा पनि त्यसै गरे भैगो। सेनापति पनि त्यसरी नै छाने भैगो। 

राजनीति गर्नेहरु गरिब भएकाले भ्रष्टाचार बढेको तर्क गर्नेहरु पनि छन्। उद्योगपतिलाई मन्त्रालय सुम्पिँदा भ्रष्टाचार गर्दैनन्? गरेका छैनन्? भ्रष्टाचार गरिब नेताले गर्ने, धनीले नगर्ने भन्ने होइन। गरिब नेताको भ्रष्टाचार तात्तातै देखिन्छ। धनी नेताको भ्रष्टाचार लुकेको हुन्छ। गहिरो हुन्छ। नदेखिने पनि हुनसक्छ। गरिब नेतालाई घर बनाउने, गाडी जोड्ने हतारो होला। धनी नेतालाई आफ्नो व्यापारको जालो फिजाउने रहर होला। सिधै बार्गेनिङ गरेर दुई पैसा खानु, गाडी किनिहाल्नु र नीतिगत भ्रष्टाचार गरेर आफ्नो व्यापार व्यवसायको मलजल गर्नुमा ठूलो अन्तर हुन्छ। धनीको भ्रष्टाचारले देश दीर्घकालसम्म लुटिने डर हुन्छ। 

राजनीति गर्ने व्यक्ति धनी या गरिब जे पनि हुनसक्छ। आदर्श राजनीति गर्ने व्यक्तिले आफ्नो गरिबी उन्मुलन गर्ने होइन, देशकै गरिबी उन्मुलन गरेर सबैसँग मिलेर सुख काट्ने सपना देख्छ। राजनीतिलाई अवसर मात्र ठान्नेले आफ्नो मात्र गरिबी उन्मूलन गर्छ। 

आफ्नो धन राजनीतिमा खर्च गरेर देशमा प्रजातन्त्रको जग हाल्ने सुवर्ण र महावीर शमशेरहरुलाई हामीले भुलेका छैनौं। उनीहरुले राजनीतिलाई धन कमाउने साधन बनाएनन्। कोही मन्त्रीले आफूले पाउने तलबभत्ता खाएर देशलाई मर्का पर्दैन। नखाएर समाजले उत्पात सुख पाउने पनि होइन। आफ्नो पदीय दायित्व इमान्दार भएर बहन गरे तलब खान्न, सुविधा लिन्न भन्नै पर्दैन। 

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कांग्रेसको सरकारले बाँडेगाउँमा आश्रम बनाईदिंदा, कम्युनिष्टको सरकारले जन्मदिनमा गाडी उपहार दिंदा कसैले विरोध गरेनन्। किशुनजीलाई सबैले माया गरेको देखेर नागरिक खुशी भए। पूर्वप्रम झलनाथ खनाललाई उपचार खर्च दिंदा खनालको परिवारबाहेक कोही खुशी भए होलान्? धनी र गरिबको राजनीति बुझ्न यी दुईवटा उदाहरण पर्याप्त छन्। 

विरोधै विरोधको बीचमा बसेर पद सम्हाल्नुभएका स्वास्थ्य राज्यमन्त्रीले सरकारी सुविधा नलिने र स्वार्थ बाझिने काम नगर्ने सार्वजनिक प्रतिबद्धता गर्नुभएको छ। यो प्रतिबद्धताको आम नागरिकबाट सार्वजनिक सञ्चारमाध्यम मार्फत परिक्षण हुने नै छ। नराम्रो काम केही पनि नगरेर आफ्ना सार्वजनिक प्रतिबद्धताको रक्षा गर्न सक्नुभयो भने उहाँले स्याबासीको ‘सान्त्वना पुरस्कार’ अवश्य पाउनु हुनेछ। सार्वजनिक प्रतिबद्धता मिठा भ्रममात्र नबनून्। नियुक्तिको विरोध छोप्ने अस्त्र नबनोस्। तलबभत्ता र सुविधा नलिने घोषणा स्टन्ट मात्र नबनोस्।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मिलन बगाले
लेखकबाट थप
कसम गीताको, काम मुसाको
‘राष्ट्रवाद’को खोल र संसद्‍बाहिरको अर्थहीन बहस
विचलनको ‘साझा रहर’
सम्बन्धित सामग्री
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल घोषणा गर्दै भारतलाई खुला जेलजस्तै अवस्थामा पुर्‍याइन्। आखिर आपतकाल कसरी घोषणा भ... शनिबार, साउन ९, २०८३
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
ताजा समाचारसबै
सर्वोच्च अदालतले कांग्रेसबारे हात हालेकोमा पार्टी उपसभापति विश्वप्रकाश के भन्छन् [हेरौं भिडियो] शुक्रबार, साउन २२, २०८३
लाइसेन्सको लाइन समस्या समाधान भएको सरकारको दाबी, नयाँ ईडीएल र भीआरएस प्रणाली लागू शुक्रबार, साउन २२, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
तीनवटा प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व, को कहाँ नियक्त भए शुक्रबार, साउन २२, २०८३
सामाजिक सञ्जालमा लागेको आरोपपछि महासंघ झापाका अध्यक्ष गिरीको सार्वजनिक स्पष्टीकरण (भिडियो) शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित १५ जनाविरुद्ध जिल्लाबाट पक्राउ अनुमति, सर्वोचद्वारा तत्काल पक्राउ नगर्न अन्तरिम आदेश बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्