• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १५, २०८२ Sun, Jun 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
महाजनमोहमा फसेको मन्त्रीमण्डल
64x64
मिलन बगाले मंगलबार, साउन १९, २०७८  २०:००
1140x725

‘म तलब खान्न। म भत्ता खान्न। म केही खान्न। खाँदै खान्न।’  

नयाँ मन्त्रीमण्डल बनेपिच्छे कोही न कोही मन्त्रीले यस्तो ‘स्टन्ट’ गर्ने चलन छ। कोही नेपालमै बनेको गाडी चढ्ने। कोही निजी मोटरसाईकलमा झण्डा हालेर चढ्ने। कोही साईकल चढ्ने। कोही के गर्ने, कोही के। 

यस्ता स्टन्टले सर्वसाधारणको ध्यान तान्ने नै भयो। एक–दुई दिन अखबार र अनलाइनमा समाचार पनि छापिन्छन्। कार्टुन बन्छन्। लेख र पाठकपत्र छापिन्छन्। सफा मनले यस्तो गर्नेहरु विरलै भेटिने भएकोले यी कामलाई ‘स्टन्ट’ भन्नुपरेको हो। 

केही दिनपछि मन्त्रीजीहरु आफ्नो स्टन्ट सर्लक्कै भुल्नुहुन्छ। साइकल चढ्ने मन्त्रीको हेलिकोप्टरको बिल सबैभन्दा लामो हुनसक्छ। नेपाली मोटर चढ्ने मन्त्रीका सचिवालयका सदस्यले नै फेरिफेरि महंगा मोटर चढिरहेका हुनसक्छन्। तलब नखाने मन्त्री कमिसनको पहाडभित्र पुरिएको भेटिन सक्नुहुन्छ।मोटरसाइकल चढ्ने मन्त्रीको सवारी मन्त्रालयतिर नभएर अन्यत्र हुनसक्छ। पटाक्षप लाजमर्दो भैदिन्छ। अनि स्टन्ट पानीका फोकासरी बिलाउँछ।

फेरि नयाँ मन्त्रीमण्डल आउँछ, नयाँ स्टन्ट लिएर। कोही न कोही रंगमञ्चमा हाजिर हुन्छ। फेरि समाचार, कार्टुन, पाठकपत्र लेखिन्छन्। सयौं ट्वीट लेखिन्छन्। जात्रा चलिरहन्छ। 

स्टन्टको यो दुनियाँमा नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ पनि थपिनुभएको छ। उहाँले तलबभत्ता मात्र होइन, सरकारी सवारी साधन समेत नलिने घोषणा गर्नुभएको छ। अब निजी सवारी साधनमा झण्डा हल्लाउँदै हिड्नुहुन्छ कि झण्डामोह पनि छोड्नुहुन्छ, समयले नै बताउला। तर, उहाँको नियुक्ति अप्रत्याशित थियो। पार्टीमा मात्र हैन सत्ता गठबन्धनभित्रै प्रधानमन्त्रीको यो कदमको आलोचना भयो। 

स्वास्थ्य व्यवसायी स्वास्थ्यमन्त्री। निर्माण व्यवसायी निर्माणमन्त्री। शिक्षा व्यवसायी शिक्षा मन्त्री। उद्योगपति उद्योगमन्त्री। समयको माग यही हो? लोकतन्त्रमा मन्त्रीमण्डलको मोडेल यही हो? कसैको व्यापार व्यवसाय फस्टाउन सजिलो होस्, आफ्नो व्यवसाय अनुकूल नियम कानून बनाउन सकुन् भनेर मन्त्री पद सुम्पिनु भन्छ, लोकतन्त्रले? लोकलाज हुन्न, लोकतन्त्रलाई? दिनेले, खानेले दुनियासँग डराउनु पर्दैन? 

हरेक प्रधानमन्त्रीको यस्तो छनोटले पृथ्वीनारायण शाहको दिव्योपदेश सम्झायो। ‘दुनियाँ जसदेषी राजि रहन्छन् उसैलाई कजाई दिनु भन्ने शास्त्रमा पनि कहेको छ. दुनियाँमा बुझिहेरु भनि बुझि हेर्दा दुनियाँबाट पनि कालु पांडेको चाहा रहेछ र कालु पांडेलाई कजायि भया घाहा घराइस् बलियो राषन्यैछ भन्ने सल्लाह दिया.मेरा मनमा ता विराज बषेतिलाई कजाई दिन आटेको थियो.ज्यादा बुद्धी कालु पांडेकै ठहर्‍यो र कालु पांडेलाई कजायी भयाको हो।’

Ncell 2
Ncell 2

नागरिकको आवाज र समयको माग कताकता, प्रधानमन्त्रीको ध्यान कताकता। गुटको घेरो र थैलीको सेरोफेरोभन्दा माथी कहिले उठ्ने ?

लोकतन्त्रको मन्त्रीमण्डल साहु महाजन पोस्ने ‘थैलीमण्डल’ जस्तो भएको छ। मोतीराम भट्टको शैली सापटी लिंदा (मेरा नजरमा राम प्यारा छन् शैलीमा लेखिएको) थैलीमण्डलको महिमा यस्तो सुनिन्छ-

यता हेर्यो यतै मेरा नजर्मा साहु प्यारा छन्। 
उता हेर्यो उतै मेरा नजर्मा साहु प्यारा छन्। 
यसो भन्छौ त प्रदेशमा उसो भन्छौ त केन्द्रमा 
जता हेर्यो उतै मेरा नजर्मा साहु प्यारा छन्। 
मुलुकका सबै स्थानीय तहमाहाँ साहु व्यापक जहाँ तहाँ 
कहाँ सम्मन भनूँ याहाँ सबैमा साहु प्यारा छन्। 
रसिला हसिला साहु तिनको नाउँ सधैं गाऊ
साथ हरबखत पाउँ थैली खोल्ने उदार साहु प्यारा छन्। 
साथ कहिल्यै नछोड्नु साहु गर्नु मनमा डेरा 
सबै संसारले भन्छन् र साहुका मालिक प्यारा छन्। 

तीव्र विरोध भएपछि स्वास्थ्य राज्यमन्त्रीको नियुक्तिलाई प्रधानमन्त्री नै अप्रतक्ष्य रुपले गलत भन्न बाध्य हुनुभएको छ। अब यस्तो हुँदैन पनि भन्नुभएको छ। प्रधानमन्त्रीले नै आफ्नो नियुक्तिलाई गलत भनिदिएपछि उहाँले ‘म गलत होइन’ भन्दै राजीनामा दिनु उचित हुन्थ्यो। त्यसो नगरेर राज्यमन्त्रीज्यू अविश्वासको भूमरीलाई चिर्ने रहर गर्नुभएको छ। त्यसको सुरुआत तलब, भत्ता र यातायात सुविधा नलिने घोषणाबाट गर्नुभएको छ। 

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले ट्वीटरमा लेख्नुभएको छ— ‘स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि मैले आफ्नो सम्पूर्ण व्यवसायिक संलग्नताबाट अलग हुने निर्णय गरेको छु। पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार—व्यवसायमा संलग्न नहुने प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छु। सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सुविधामध्ये सुरक्षाकर्मीबाहेक सवारी साधन, आवास र तलबभत्ता लगायत कुनै पनि पारिश्रमिक, भत्ता र सुविधा नलिने घोषणा गर्दछु।’ 

आम नागरिकको इच्छा, अपेक्षा र अनुमान विपरीत स्वास्थ्य राज्यमन्त्रीको नाम आएपछि नागरिकले गच्छेअनुसारको विरोध गरे। सामाजिक सञ्जालमा आफ्ना मत राखे। अखबारहरुमा अविश्वास पोखियो। प्रधानमन्त्री कहिल्यै नसुध्रिने छाँटकाँटका रुपमा त्यसलाई लिइयो। नियुक्तिको विरुद्धमा नागरिक सडकमा समेत ओर्लिए। अनि स्वास्थ्य राज्यमन्त्रीले ‘म राम्रै काम गरेर देखाउँछु, अलि दिन धैर्य गर्नुहोस्’ भन्ने सन्देश दिन खोज्नुभएको छ।

उहाँ सम्हालिएर अघि बढ्न खोज्नुभएको जस्तो देखिन्छ। अड्कलेर बोल्नुभएको छ। भद्र, संयमित र शिष्ट त उहाँ हुँदै हुनुहुन्छ, आम नागरिकलाई सुविधाभोगी नबन्ने खबर दिएर 'सान्त्वना पुरस्कार' जित्न खोज्नुभएको छ। तर, विगतमा यस्ता सान्त्वना पुरस्कारले नराम्ररी विश्वास गुमाएका छन्। ठूलो भाग छोप्ने अस्त्रको रुपमा यस्ता सान्त्वना पुरस्कारहरुको दुरुप्रयोग भएको छ। त्यो भ्रमलाई उहाँले चिर्नु जरुरी छ। 

कोही सम्पन्न मन्त्रीले असल मनासयले तलब खान्न भन्नु नराम्रो होइन। तर, आफ्नो कामको पारिश्रमिक नलिँदैमा सबैथोक राम्रो हुन्छ भन्ने होइन। आफ्नो जिम्माको काम एकचित्तले गर्ने मन्त्री समयको माग हो।

कोही सम्पन्न मन्त्रीले असल मनासयले तलब खान्न भन्नु नराम्रो होइन। तर, आफ्नो कामको पारिश्रमिक नलिँदैमा सबैथोक राम्रो हुन्छ भन्ने होइन। आफ्नो जिम्माको काम एकचित्तले गर्ने मन्त्री समयको माग हो। नागरिकको सुख-दु:खको साथी, स्वार्थ नबाझिने व्यक्ति, मन्त्री पदलाई पैसा छाप्ने मेशिनको रुपमा नबुझ्ने व्यक्ति समयको माग हो। आफै अस्पताल पनि चलाउने, आफै स्वास्थ्यमन्त्री बन्ने, यो समयको माग होइन। 

निर्माण व्यवसायी नै निर्माण मन्त्री, शिक्षा व्यवसायी नै शिक्षामन्त्री, समयको माग होइन। मन्त्रीपरिषदलाई ‘साहु–महाजन परिषद्’  बनाएर पार्टी धनी बनाउनु सत्ताधारी पार्टीको माग हुनसक्छ। प्रधानमन्त्रीको माग हुनसक्छ। प्रधानमन्त्रीका ‘किचेन क्याबिनेट’का मान्छेहरुको माग हुनसक्छ। यो देशको माग होइन। सवाल धनी वा गरिब मन्त्रीको होइन, असल र इमान्दार मन्त्रीको हो। 

धन र राजकीय पदबारे थप चर्चा गरौं। राष्ट्रपति, प्रधानमन्त्री कस्तो व्यक्तिलाई बनाउने ? धनलाई योग्यता ठान्ने? तलब भत्ता केही खान्न भन्ने व्यक्ति राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बने देशलाई सस्तो पर्छ? देश गरिब भएको गरिबगुरुवाहरु सत्तामा पुगेर हो? राजाहरु जन्मजात धनी हुन्थे। उनीहरुले ‘मलाई थप धन चाहिएन’ भनेको कहिल्यै सुनिएन। धनीहरुले देश चलाउँदा देश धनी हुने भए त देशमा धनीहरुको सूची बनाएर सबैभन्दा धनी व्यक्ति राष्ट्रपति, दोस्रो धनी उपराष्ट्रपति, तेस्रो धनी प्रधानमन्त्री, चौथो धनी प्रधानन्यायधीश, पाँचौ धनी सभामुख, छैठौं धनी अर्थमन्त्री, सातौं धनी गृहमन्त्री, आठौं धनी उद्योगमन्त्री बनाए भैगो। कर्मचारी नियुक्ति गर्दा पनि त्यसै गरे भैगो। सेनापति पनि त्यसरी नै छाने भैगो। 

राजनीति गर्नेहरु गरिब भएकाले भ्रष्टाचार बढेको तर्क गर्नेहरु पनि छन्। उद्योगपतिलाई मन्त्रालय सुम्पिँदा भ्रष्टाचार गर्दैनन्? गरेका छैनन्? भ्रष्टाचार गरिब नेताले गर्ने, धनीले नगर्ने भन्ने होइन। गरिब नेताको भ्रष्टाचार तात्तातै देखिन्छ। धनी नेताको भ्रष्टाचार लुकेको हुन्छ। गहिरो हुन्छ। नदेखिने पनि हुनसक्छ। गरिब नेतालाई घर बनाउने, गाडी जोड्ने हतारो होला। धनी नेतालाई आफ्नो व्यापारको जालो फिजाउने रहर होला। सिधै बार्गेनिङ गरेर दुई पैसा खानु, गाडी किनिहाल्नु र नीतिगत भ्रष्टाचार गरेर आफ्नो व्यापार व्यवसायको मलजल गर्नुमा ठूलो अन्तर हुन्छ। धनीको भ्रष्टाचारले देश दीर्घकालसम्म लुटिने डर हुन्छ। 

राजनीति गर्ने व्यक्ति धनी या गरिब जे पनि हुनसक्छ। आदर्श राजनीति गर्ने व्यक्तिले आफ्नो गरिबी उन्मुलन गर्ने होइन, देशकै गरिबी उन्मुलन गरेर सबैसँग मिलेर सुख काट्ने सपना देख्छ। राजनीतिलाई अवसर मात्र ठान्नेले आफ्नो मात्र गरिबी उन्मूलन गर्छ। 

आफ्नो धन राजनीतिमा खर्च गरेर देशमा प्रजातन्त्रको जग हाल्ने सुवर्ण र महावीर शमशेरहरुलाई हामीले भुलेका छैनौं। उनीहरुले राजनीतिलाई धन कमाउने साधन बनाएनन्। कोही मन्त्रीले आफूले पाउने तलबभत्ता खाएर देशलाई मर्का पर्दैन। नखाएर समाजले उत्पात सुख पाउने पनि होइन। आफ्नो पदीय दायित्व इमान्दार भएर बहन गरे तलब खान्न, सुविधा लिन्न भन्नै पर्दैन। 

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कांग्रेसको सरकारले बाँडेगाउँमा आश्रम बनाईदिंदा, कम्युनिष्टको सरकारले जन्मदिनमा गाडी उपहार दिंदा कसैले विरोध गरेनन्। किशुनजीलाई सबैले माया गरेको देखेर नागरिक खुशी भए। पूर्वप्रम झलनाथ खनाललाई उपचार खर्च दिंदा खनालको परिवारबाहेक कोही खुशी भए होलान्? धनी र गरिबको राजनीति बुझ्न यी दुईवटा उदाहरण पर्याप्त छन्। 

विरोधै विरोधको बीचमा बसेर पद सम्हाल्नुभएका स्वास्थ्य राज्यमन्त्रीले सरकारी सुविधा नलिने र स्वार्थ बाझिने काम नगर्ने सार्वजनिक प्रतिबद्धता गर्नुभएको छ। यो प्रतिबद्धताको आम नागरिकबाट सार्वजनिक सञ्चारमाध्यम मार्फत परिक्षण हुने नै छ। नराम्रो काम केही पनि नगरेर आफ्ना सार्वजनिक प्रतिबद्धताको रक्षा गर्न सक्नुभयो भने उहाँले स्याबासीको ‘सान्त्वना पुरस्कार’ अवश्य पाउनु हुनेछ। सार्वजनिक प्रतिबद्धता मिठा भ्रममात्र नबनून्। नियुक्तिको विरोध छोप्ने अस्त्र नबनोस्। तलबभत्ता र सुविधा नलिने घोषणा स्टन्ट मात्र नबनोस्।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मिलन बगाले
लेखकबाट थप
कसम गीताको, काम मुसाको
‘राष्ट्रवाद’को खोल र संसद्‍बाहिरको अर्थहीन बहस
विचलनको ‘साझा रहर’
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
बजारमा अधिक तरलता कायमै, आज फेरि ३० अर्ब तान्दै राष्ट्र बैंक आइतबार, असार १५, २०८२
प्रत्येक ५ वर्षमा शिक्षकले पुनर्ताजगी तालिम लिनेगरी सहमति आइतबार, असार १५, २०८२
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
पश्चिम नेपालका यी जिल्लाहरुमा आज र भोली भारी वर्षाको सम्भावना आइतबार, असार १५, २०८२
नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन र सिंगापुरको संघबीच सम्झौता आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
पूर्व राष्ट्रपति भण्डारीद्वारा एमालेको राजनीतिमा पुनः सक्रिय भएको घोषणा (पूर्णपाठ) शनिबार, असार १४, २०८२
इन्डोनेसियाविरुद्ध यू–१६ प्रसिद्ध जैसीले बताए सानदार शतक आइतबार, असार १५, २०८२
प्रतिनिधिसभाबाट नेपाल नागरिकता विधेयक पारित शनिबार, असार १४, २०८२
प्रधानमन्त्री ओली रोष्ट्रममा उभिदा रास्वपाका सांसदहरू बैठकबाट बाहिरिए शनिबार, असार १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
अमलालाई अदालत लगियो,आजै थुनछेक बहस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्