एजेन्सी– भारतीय सुपरस्टार रजनीकान्त अभिनीत फिल्म 'काला' प्रदर्शन अगाडि नै विवादमा तानिएको छ। मुम्बईका एक पत्रकारले उक्त फिल्म र फिल्मका निर्मातालाई मानहानिको आरोप लगाएका छन्।
पत्रकार जवाहर नडारले फिल्म बिरुद्ध मानहानी सहितको लिखित आरोप लगाएका हुन्। उनले 'काला'का मुख्य कलाकार रजनीकान्तले निर्वाह गरेको भूमिका आफ्ना पिताको वास्तविक जीवनमा आधारित भएको र फिल्ममा पिताको जीवनलाई नकारात्मक तवरले प्रस्तुत गरिएको बताएका छन्।
लिखित आरोप अनुसार काला निर्माता धनुषले माफी माग्दै जवाहरलाई जरिवानास्वरुप १ सय १ करोड भारु तिर्नुपर्नेछ। आउँदो जून ७ बाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा रजनीकान्त ग्याङस्टारका रुपमा देखिँदै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।