काठमाडौं– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आठौं अधिवेशनको छैटौँ बैठक मंगलबार बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार आजको बैठकका दुईवटा सम्भावित कार्यसूची रहेका छन्।
पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६/७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको छ।
त्यसैगरी दोस्रो कार्यसूचीमा शोकप्रस्ताव रहेको छ। बैठकले तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य अकबरबहादुर बहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गर्नेछ।
हाल नेपाल काँग्रेसमा रहेका सिंहको ९० वर्षको उमेरमा गत साउन १५ गते निधन भएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।