• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २०, २०८३ Fri, Nov 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेमा संघर्ष विरामको कसरत, दुरी घटाउन खोज्दै ओली र नेपाल

64x64
नेपाल लाइभ सोमबार, साउन १८, २०७८  २२:३६
1140x725

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालपक्ष पार्टी एकताका लागि भन्दै आफूहरुबीच निकै बढिसकेको दुरी घटाउने प्रयासमा देखिएका छन्। 

सोमबार दुवैपक्षको छुट्टाछुट्टै स्थायी कमिटी बैठकपछि नेताहरुबाट व्यक्त प्रतिक्रियालाई विश्वास गर्ने हो भने अब ओली र नेपाल दुवै एकापसमा संवाद गर्नसमेत तयार भएका छन्।

एमालेभित्रको संघर्षलाई निकास दिने भन्दै दशबुँदे सहमति जुटाएको र त्यसपछि विघटन भइसकेको एकता कार्यदलमा रहेका दुवैपक्षका नेताहरुबीचको भेटघाट, छलफल र उनीहरुको संयुक्त दौडधुपले यो अवस्थामा पुर्याएको हो। तर, यसको औपचारिक संकेत भने एक दुई दिनमा मात्र देखिनेछ।

गत फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन नेकपालाई वैधता नदिई एमाले र माओवादीलाई ब्युँताइदिएपछि सम्भवतः पहिलो पटक ओली र नेपालपक्षले एक अर्काप्रति नरम बन्ने संकेत देखाएका छन्। 

सोमबार आफ्नोपक्षको स्थायी कमिटी बैठकमा बोल्दै एमाले वरिष्ठ नेता नेपालले पार्टीमा आफूले सम्मानजनक एकता चाहेको बताएका थिए। बैठकलाई सम्बोधन गर्नेक्रममा उनी अरु दिनभन्दा नरम रुपमा प्रस्तुत भएका थिए र पटकपटक पार्टी एकताको कुरा गरेका थिए।

 आफू पार्टी एकताविरोधी नभएको बताउँदै नेपालले पार्टी अध्यक्ष ओलीसहितका नेताहरुसँग सम्माजनक र यथार्थपरक एकताको पक्षमा रहेको उल्लेख गरे।

 ‘हामी यस बैठकमा एकता र समन्वयकै विषयमा छलफल गर्न उपस्थित भएका छौं। हाम्रो प्रयत्न एकता होस भन्ने छ। कमरेडहरुको एकताको भावनासँग मेरो पनि एकरुपता छ’, नेपालको भनाई उदृढ गर्दै स्थायी कमिटी सदस्य रघुजी पन्तले भने, ‘पार्टीमा सम्मानजनक एकताको पक्षमा छु। त्यसलाई ख्याल गरेर छलफल गर्नुस्।’ 

बैठकमा बोल्दै नेपालले कार्यदलका सदस्यहरुले सहमति कायम गर्न सक्ने हो भने आफू तयार रहेको समेत उल्लेख गरेका छन्। नेपालले त्यसक्रममा पार्टीमा दुईटा अध्यक्षको प्रसंग उठाएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘त्यो अध्यक्ष पहिलो र दोस्रो अध्यक्ष भन्ने जस्तो अमूर्त कुरा होइन’, नेपाललाई उद्धृत गर्दै विघटित कार्यदलका एक सदस्यले भने, ‘त्यो भनेको संयुक्त अध्यक्ष हो, बैठकको अध्यक्षता आलोपालो गर्ने अध्यक्ष हो, पार्टीका निर्णयमा संयुक्त हस्ताक्षर चल्ने अध्यक्ष हो।’ नेपालले यति हुन सकेमा सम्मानजनक एकताको आधार तयार हुनेसमेत बताएका थिए।

‘विघटित कार्यदलले गरेको १० बुँदे सहमतिको मर्म अक्षरशः पालना हुन्छ र अध्यक्षका रुपमा यस्तो भूमिका सुनिश्चित हुन्छ भने म तयार छु, तपाईंहरु त्यहीअनुसार सहमति गर्नुस्’, नेपालको भनाई उद्धृत गर्दै ती सदस्यले भने।

नेपालपक्षको स्थायी कमिटी बैठकले सार्वजनिक अभिव्यक्ति दिँदा शब्द चयन गर्दा मर्यादा र शिष्टतालाई ध्यान दिने निर्णय गरेको छ। ‘सार्वजनिक रुपमा अभिव्यक्ति दिँदा शब्द चयनमा मर्यादा र शिष्टतामा ध्यान दिनुपर्ने विषयमा छलफल भयो,’ नेता पन्तले भने, ‘पार्टी एकता टुंगोमा पुर्‍याउन दुवै पक्ष संयमित, जिम्मेवार, संवेदनशील भएर गम्भीर हुने कुरा भएको छ।’ 

अब पार्टी एकताका विषयमा ओली र नेपालले छिट्टै भेटघाट गर्ने तयारी गरिएको पन्तले बताए। तर, उनीहरुबीच भेटको मिति, समय र स्थान भने तय भइसकेको छैन। 
अहिले नेपालपक्षलाई सरकारमा सहभागी गराउन कांग्रेस र माओवादी नेताहरु सक्रिय छन्। सरकारमा जान नेपाललाई उनीपक्षकै सांसदहरुले पनि दबाब बढाइरहेका छन्। तर, नेपाल पहिलो प्राथमिकता पार्टी एकताको पहल भएकाले सरकारका विषयमा अघि बढ्न चाहिरहेका छैनन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपालपक्षमा अहिले पनि एक पक्षले अलग पार्टी बनाएर जानुपर्ने लबिइंग गरिरहेको छ। सरकारमा जान दबाब दिइरहेको त्यही पक्षले हो। तर, अहिलेकै अवस्थामा नेपाललाई पार्टी विभाजन गर्न समेत केन्द्रीय सदस्य र संसदीय दलको ४० प्रतिशत पुर्‍याउन कठिन छ। त्यो अवस्थामा सांसद पद नरहने भएकाले आफ्नोपक्ष भनिएका नेताहरुले समेत साथ छोड्न सक्ने भएकाले सरकारमा जाने विषयलाई नेपालले प्राथमिकतामा राखेका छैनन्।

ओलीले पनि अब नेपालपक्षलाई कारवाही गरेर पार्टीबाट निष्काशन गर्ने आकलन भइरहेको थियो। तर, ओलीले सोमबारको बैठकबाट नेपालपक्षलाई कारवाही गर्ने भन्दा पनि उनीहरुका लागि स्पेस राखेर आफ्ना गतिविधि गरेर जाने नीति अख्तियार गरेका छन्। स्थायी कमिटी बैठकपछि प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पत्रकारसँग नेपालपक्ष समेत यही पार्टीमा समाहित हुने भन्दै नरम टिप्पणी गरे। 

आफ्नो पक्षका गतिविधि भने नरोकिने भन्दै उनले पार्टीमा जहाँ सहमति हुन्छ, त्यहीँबाट माधव नेपालपक्ष समाहित हुने बताए। ‘पार्टीभित्र उत्पन्न समस्याको समाधानका निम्ति छलफलहरु जारी छन्। परिणाम के हुन्छ भन्नेबारे अहिले नै भन्न नसकिएला। हामीले पार्टीको गतिलाई अगाडि बढाएका छौ’, ज्ञवालीले भने, ‘पार्टीमा एकतावद्ध भएर अगाडि बढ्ने साथीहरुका लागि पर्याप्त स्पेस पनि सुरक्षित गरिएको अवस्था छ। पूर्ण विभाग नबनाउनुको कारण त्यस्तो हो। भोलि काममा फर्किने साथीहरुको लागि ठाउँ सुरक्षित राखिएको हो।’

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  २२:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौको गोकर्णेश्बरमा गोली चल्यो
काठमान्डु गोर्खाजको सहज जित
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट
सम्बन्धित सामग्री
काठमाडौको गोकर्णेश्बरमा गोली चल्यो बिहीबार, कात्तिक १९, २०८३
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट भेटमा नेपाल–भारतबीचको बहुआयामिक सम्बन्ध र दुई देशबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको रास्वपाले जनाएको छ। बिहीबार, कात्तिक १९, २०८३
महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट हेर्दा हेर्दैमा , तिहारपछि मात्र सुनुवाइ आईजीपीमा पुनरबहालीको माग गर्दै कार्कीले कानुन व्यवसायी टिकाबहादुर कुँवरमार्फत रिट दिएका हुन्। प्रशासनले उक्त रिट अध्ययनकै क्रममा रहे... बिहीबार, कात्तिक १९, २०८३
ताजा समाचारसबै
काठमाडौको गोकर्णेश्बरमा गोली चल्यो बिहीबार, कात्तिक १९, २०८३
काठमान्डु गोर्खाजको सहज जित बिहीबार, कात्तिक १९, २०८३
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट बिहीबार, कात्तिक १९, २०८३
महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट हेर्दा हेर्दैमा , तिहारपछि मात्र सुनुवाइ बिहीबार, कात्तिक १९, २०८३
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजिपीबाट हटाइएका दानबहादुर कार्कीसँग अब के छन् विकल्प ? यस्तो छ सर्वोच्चमा चर्चित दुई नजिर बुधबार, कात्तिक १८, २०८३
हटाइएका कार्कीको अनुपस्थितिमा नयाँ आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न बुधबार, कात्तिक १८, २०८३
सरकारले हटाएका आइजीपी कार्की अदालत जाने बुधबार, कात्तिक १८, २०८३
किन बस्दैछ कांग्रेसको आकस्मिक बैठक ? बुधबार, कात्तिक १८, २०८३
नयाँ आइजीपीबारे ओलीले के भने ? बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै हिँडेका फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्