काठमाडौं– सांसद पदमा पुनर्बहालीको मागदाबीसहित नेकपा माओवादी केन्द्रका ४ पूर्व नेताको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
माओवादी परित्याग गरी एमाले प्रवेश गरेपछि प्रतिनिधि सभा सदस्य पदबाट हटाइएका (कारबाही)मा परेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौरधीले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
रायमाझी, भट्ट, साह र चौधरीले साउन १३ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा उनीहरुले आफूहरु औपचारिक रुपमा एमाले प्रवेश नगरेको र सफाइको मौका समेत नदिइ दल त्याग गरेको भनेर माओवादीले कारबाही गरेको भन्दै सांसद पदमा पुनर्बहालीको मागदाबी गरेका थिए।
तर, सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको सोमबारको इजलासले भने उनीहरुको मागदाबीअनुसार अन्तरिम आदेश जारी गर्न नमिल्ने भनेको छ।
सर्वोच्चले इजलसामा पेस भएका लिखत प्रमाणहरुको आधारमा आफूहरुलाई स्पष्टीकरण नसोधिएको तथा सफाइको मौका नदिएको भन्ने पूर्वमाओवादी नेताहरुको दाबी पुष्टि हुन नसक्ने पनि ठहर गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।