काठमाडौं- सर्वोच्च अदालतले 'फ्लोर क्रस' गरेर नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारलाई विश्वासको मत दिने कर्णालीका चार सांसदमाथि नेकपा (एमाले)ले गरेको कारबाहीलाई वैधानिक ठहर गरेको छ।
पार्टीले गरेको कारबाहीविरुद्ध सर्वोच्च पुगेका सांसदहरुको मागअनुसार यसअघि सांसद पदमा पुनर्बहाली गर्न दिएको आदेश आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले खारेज गरेको हो। न्यायाधीश प्रकाशमान सिंह राउतले सांसद पदमा पुनर्वहाली गर्न अन्तरिम आदेश दिएका थिए।
उक्त अन्तरिम आदेश खारेजीको माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्याकेट दर्ता गरेका थिए। उक्त भ्याकेट निवेदनमाथि प्रधानन्यायाधीशसहितको इजलासले आज सुनुवाइ गर्दै एमालेले प्रदेश सभा सदस्यहरू प्रकाश ज्वाला,अम्बर थापा, कुर्मराज शाही र नन्दसिंह बुढामाथि गरेको कारबाही सदर गरेको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।