काठमाडौं– पेट्रोलियन पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा सत्तारुढ दलकै बिद्यार्थी नेताहरु विरोधमा उत्रिएका छन्। मूल्यबृद्धि फिर्ता नलिएमा सडक संघर्षमा उत्रने उनीहरुले बताएका छन्।
सोमबार उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री मातृकाप्रसाद यादबलाई ज्ञापनपत्र बुझाउदै मूल्यबृद्धि फिर्ताको माग गरेका हुन्। अनेरास्ववियुकी अध्यक्ष नवीना लामा, अनेरास्ववियु(क्रान्तिकारी)का अध्यक्ष रञ्जित लामा, नेविसंघका अध्यक्ष नैनसिंह महर तथा अखिल छैंठौंका अध्यक्ष विमल पोखरेलले हस्ताक्षर गरेको ज्ञापनपत्र मन्त्री यादबलाई बझुाइएको हो।
नेपाल आयल निगममा भएको अनियमितता र चुहावट रोक्नुपर्ने र मूल्य समायोजनका नाममा मूल्यबृद्धि फिर्ता गर्नुपर्ने उनीहरुको माग छ।
विश्वबजारमा इन्धनको मूल्यबृद्धि भएसँगै नेपालमा पनि केही महिनायता मूल्य बढिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।