काठमाडौं- सत्तारूढ दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ।
बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्षका पुष्पकमल दाहाल 'प्रचण्ड', जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।
यस्तै, नेपाली कांग्रेसका महामन्त्री एवं सरकारको न्यूनतम साझा कार्यक्रम निर्माण कार्यदलका संयोजक पूर्णबहादुर खड्का पनि बैठकमा सहभागी छन्।
बैठकमा मन्त्रिपरिषद् विस्तार र दलहरूबीच मन्त्रालय बाँडफाँटका विषयमा छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।