काठमाडौं– एनएमबि बैंकले सबै उमेरका लगानीकर्ताहरुलाई लक्षित गरीे शून्य मौज्दातमै विषेश सुविधायुक्त एनएमबि इन्भेष्टर सेभिङस् अघि सारेको छ।
बचत योजनाअन्तर्गत बैंकले खातामा उच्चतम ब्याजको साथै ५ वर्षका लागि निःशुल्क डिम्याट तथा मेरो शेयर, निःशुल्क आस्वा, ओम्नी च्यानल र कनेक्ट आईपीएसमार्फत निःशुल्क अन्तर बैंक रकम ट्रान्सफर सेवा प्रदान गरिने बैंकले जनाएको छ।
निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड र क्रेडिट कार्ड र एनएमबि क्यापिटलको सहकार्यमा पोर्टफेलियो म्यानेजमेन्टको सेवा सँगसँगै परामर्श सेवा प्रदान गर्ने जानकारी गराइएको छ।
हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित राखेको देखिएतापनि एनएमबिले भने लगानीकर्ताहरुलार्ई बचत सँगै लगानी गर्न प्रोत्साहन गर्ने गरी बचतमा आकर्षक योजना ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।