काठमाडौं– नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ। ललितपुर च्यासलस्थित पुष्पलाल स्मृति प्रतिष्ठानको भवनमा जारी बैठकमा उपाध्यक्ष वामदेव गौतम अनुपस्थित छन्। गौतम यसअघि शनिबार र आइतबारको बैठकमा सहभागी थिए।
छुट्टै पार्टी संरचनाको अभ्यास गरिहेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने गत फागुनदेखि नै बैठकमा सहभागी भइरहेको छैन। नेकपा नाम विवाद मुद्दामा फागुन २३ गते सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएको थियो।
आजको बैठक पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा केन्द्रित हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
पार्टीको विधान अधिवेशनको तयारी, विभागहरूलाई पूर्णता दिनेलगायतका विषय बैठकका अजेण्डा छन्।
एमालेभित्र जारी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम विभिन्न आयोग गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनलगायत बैठकका अजेण्डा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।