काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बसिरहेको छ।
बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बैठक बसिरहेको नेपाल पक्षका एक नेताले बताए।
आज बस्ने एमालेको स्थायी कमिटी बैठकअघि नेपाल पक्षका नेताहरू छलफलमा जुटेका हुन्।
केही दिनदेखि जारी एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। बैठक दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासल ललितपुरमा बस्नेछ।
तर, नेपाल पक्ष भने अहिलेसम्म बैठकमा सहभागी भएको छैन। एमाले एकताका लागि भइरहेको पहल पछिल्लो समय नतिजाउन्मुख छैन।
यद्पि, विघटित कार्यदलका सदस्यहरू पार्टी एकताका लागि जुटिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।