काठमाडौं- लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठन गर्न ४१ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका छन्।
सोमबार प्रदेश प्रमुखको कार्यालय पुगेर उनीहरूले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाएका हुन्। हस्ताक्षर बुझाउनेमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसद छन्।
यस्तै, राष्ट्रिय जनमोर्चा र दुई स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका छन्।
उनीहरूले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गरेका छन्।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।