काठमाडाैं– नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले तेस्रो पुस्ताका नेताहरुलाई छलफलका लागि बोलाएका छन्।
कोइराला निवास महाराजगञ्जमा जारी भेलामा तेस्रो पुस्ताका नेताहरु सहभागी छन्। भेलामा पार्टीको आसन्न महाधिवेशन र सरकारका विषयमा छलफल भइरहेको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए।
भदौमा महाधिवेशन हुन नसक्ने अवस्था बनेपछि विकल्प र नयाँ कार्यतालिकाका बारेमा छलफल केन्द्रित रहेको उनले जानकारी दिए।
छलफलमा दिपक गिरी, गुरुराज घिमिरे, धनराज गुरुङ, किरण यादव, सरिता प्रसाई, कल्याण गुरुङ, प्रदीप पौडल, जीवन परियार, बद्री पाण्डे, रामकृष्ण यादवलगायत नेताहरु बैठकमा सहभागी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।