काठमाडौं- स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी तलब र सुविधा नलिने घोषणा गरेका छन्।
सोमबार आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले मन्त्रीको रुपमा आवास, तलबभत्ता लगायतको कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका हुन्। उनले सुरक्षाकर्मी भने राख्ने छन्।
राज्य मन्त्री श्रेष्ठले आफू आबद्ध सबै संस्थाबाट अलग्गिएको घोषणासमेत गरे।
साउन १० गते श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका श्रेष्ठ व्यसायी भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।