काठमाडौं– सोमबार दिउँसो ३ बजेका लागि तय भएको नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक स्थगित भएको छ।
पेरिस डाँडामा बस्ने बैठक आन्तरिक तयारीका लागि भन्दै स्थगित भएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए।
आजको बैठकबाट सरकारमा सहभागी मन्त्रीको नाम टुंगो लगाउने तयारी थियो। यसअघि आइतबार पनि पार्टीको स्थायी समिति बैठक बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।