फाइल तस्वीर
काठमाडौं– विगत केही दिनदेखि जारी नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ। बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा दिउँसो ३ बजेका लागि बोलाइएको छ।
बैठक पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा केन्द्रित हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
यसअघि आइतबारको बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने उपस्थित भएनन्। अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक उनीहरुले बहिष्कार गर्दै आएका छन्।
पार्टीको विधान अधिवेशनको तयारी, विभागहरूलाई पूर्णता दिनेलगायतका विषय बैठकका अजेण्डा छन्।
एमालेभित्र जारी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम विभिन्न आयोग गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनलगायत बैठकका अजेण्डा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।