काठमाडौं- नेपाली बजारको लागि रियलमीले शंकर ग्रुपसँग सहकार्य गर्ने भएको छ।
शंकर ग्रुप नेपालका साथ विश्वका विभिन्न भागका बहुक्षेत्रमा परिचित नाम हो। शंकर ग्रुपका साथ रियलमीले नेपाली बजारमा आफ्नो विभिन्न उत्पादनहरुको पहुँच र पकड बनाउन अरुसँग पनि सहकार्य गर्नेछ।
यस्तै रियलमीका उपाध्यक्ष तथा रियलमी भारत र युरोपियन बजारका सीईओ माधव शेठले नेपाली बजारको लागि पनि नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।