काठमाडौं- फोर्ड नेपालले ६ स्पीड अटोमेटिक गियर बक्स भएको १.२ लिटर शक्तिशाली स्वचालित ट्रान्समिसन इन्जिनयुक्त नयाँ फिगो २०२१ सार्वजनिक गरेको छ।
फोर्ड नेपालले फिगो श्रृंखलाको फोर्ड फिगो टाइटेनियम एटी र फोर्ड फिगो टाइटेनियम प्लस एटी गरी दुई नयाँ भेरियन्ट सार्वजनिक गरेको हाे।
जसमा फोर्ड फिगो टाइटेनियमको मूल्य ३४ लाख ९९ हजार र टाइटेनियम प्लसको मूल्य ३६ लाख ९९ हजार तोकिएको कम्पनीेले जनाएको छ। नयाँ भेरियन्ट ६ स्पीड, टर्क संपरिवर्तक सहितको अटोमेटिक ट्रान्समिसनका ह्याचब्याक सेग्मेन्टको फिगो गाडीका नयाँ उन्नत संस्करण हुन्।
जसलाई १.२ लिटर शक्तिशाली पेट्रोल इन्जिनजसले ९६ पीएस पावर र ११९ एनएमसम्म टर्क उत्सर्जन गर्न सक्दछ, उक्तबीएस ६ सँग जोडिएको छ।
अन्य विशेषताहरु
–वर्षा सेन्सर वाइपर इलेक्ट्रो क्रोमिक आइआरभीएम, स्टान्डर्ड डबल फ्रन्टेड डबल एयर ब्याग, ट्र्याक नियन्त्रक प्रणाली, विद्युतीय स्थिरता नियन्त्रक र उच्च सुरक्षा सुविधा उपलब्ध छ।
–उत्कृष्ट सुविधाका लागि ७.० इन्च टच स्क्रिन इन्फोटेनमेन्ट प्रणाली।
–साइड कर्टेन एयर ब्याग, स्टान्डर्ड डबल फ्रन्ट एयर ब्याग, ट्र्याक नियन्त्रक प्रणाली, विद्युतीय स्थीरता नियन्त्रक र उच्च सुरक्षाका लागि अति उत्कृष्ट सेफ्टी सुविधा।
–डाइमन ह्वाइट, रुबी रेड, मूनडस्ट सिल्वर स्मोकी ग्रे तथा ह्वाइट गोल्ड कलरहरुमा उपलब्ध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।