कााठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दार्चुलामा महाकाली नदीमाथिको तुइनको लठ्ठा (डोरी) चुँडाल्दा नेपाली नागरिक बेपत्ता भएको घटनाबारे सत्य तथ्य सार्वजनिक गर्न माग गरेको छ।
आइतबार बसेको स्थायी कमिटी बठैकले घटनाको सत्यतथ्य अविलम्ब नेपाली जनतासामु प्रस्तुत गर्न, त्यस विषयमा भारतीय पक्षसंग जानकारी माग गर्न, दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन माग गर्ने निर्णय गरेको हो।
बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदी पार गरिरहेको बेला तुइनको लठ्ठा चुँडाउने र उर्लिँदो भेलमा बेपत्ता पार्ने गरी अमानवीय र क्रूर घटना घटाइएको उल्लेख छ।
'बैठकले हालै दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदी पार गरिरहेको बेला तुइनको लठ्ठा चुँडाउने र उर्लिँदो भेलमा बेपत्ता पार्ने गरी घटित अमानवीय र क्रूर घटनाको निन्दा गर्दै उक्त घटनाको सत्यतथ्य अविलम्ब नेपाली जनतासामु प्रस्तुत गर्न, त्यस विषयमा भारतीय पक्षसंग जानकारी माग गर्न, दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्ने निर्णय गरेको छ,' ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।