काठमाडौं– नेपाली नागरिकले नदी पार गरिरहेका बेला तुइन काट्ने भारतीय सुरक्षाकर्मीलाई कारबाहीको माग गर्दै राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गरेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट युवा संघले आइतबार काठमाडौंको बानेश्वरमा विरोध प्रदर्शन गरेको हो।

घटनामा संलग्न दोषीलाई कारबाही तथा महाकालीमा बेपत्ता भएका नेपाली नागरिकको खोजी र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै युवा संघले विरोध प्रदर्शन गरेको हो।
विरोध प्रदर्शनमा उत्रिएका युवा संघका कार्यकर्ताहरुले भारतीय प्रहरीले तुइन चुँडालेर नेपाली नागरिक नदीमा बेपत्ता हुँदा समेत सरकार किन नबोलेको? भन्दै प्रश्न गरेका छन्।

गत शुक्रबार दार्चुलाको व्यास गाउँपालिकाका जयसिंह धामी तुइनको माध्यमबाट महाकाली नदी तर्ने प्रयास गर्दागर्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीले तुइनको लट्ठा फुकालिदिएपछि महाकालीमा खसेर बेपत्ता भएका छन्।
यो घटनाको नेपालमा विरोध भइरहेको छ। तर, भारतीय पक्षले आफ्नो संलग्नता नरहेको प्रतिक्रिया दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।