काठमाडौं– प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले दार्चुला घटनाको छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ।
समितिको आइतबार बसेको बैठकले दार्चुलामा भारतीय एसएसबीले तुइन चुँडाल्दा नेपाली नागरिक महाकालीमा बगेको घटनाको अनुसन्धान गर्न निर्देशन दिएको हो।
'दार्चुलामा तुइन तर्दै गर्दा भारतीय एसएसबीले तुइनको डोरी काटिदिएको भन्ने कुरा आएको छ। यसको तत्काल छानबिन गर्न सम्बन्धित मन्त्रालयलाई समिति निर्देशन गर्दछ', समितिको निर्णय सुनाउँदै सभापति पवित्रा निरौला खरेलले भनिन्।
गत शुक्रबार दार्चुलाको व्यास गाउँपालिकाका जयसिंह धामी तुइनको माध्यमबाट महाकाली नदी तर्ने प्रयास गर्दागर्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीले तुइनको लट्ठा फुकालिदिएपछि महाकालीमा खसेर बेपत्ता भएका छन्।
यो घटनाको नेपालमा विरोध भइरहेको छ। तर, भारतीय पक्षले आफ्नो संलग्नता नरहेको प्रतिक्रिया दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।