काठमाडौं– नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ।
पार्टी एकताको पहल गर्न भन्दै शनिबार केहीबेर बसेर स्थगित भएको बैठक आज बसेको हो। तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासल ललितपुरमा जारी बैठकमा उपाध्यक्ष वामदेव गाैतम पनि सहभागी छन्। हिजोको बैठकमा पनि पुगेका गाैतम एकैछिन बसेर निस्किएका थिए।
आजको बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरूलाई पूर्णता दिनेलगायतका विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
बैठकमा एमालेभित्र जारी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम विभिन्न आयोग गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे छलफल हुनेछ।

यसअघि शनिबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी थिएन। आजको बैठकमा पनि नेपाल पक्ष अनुपस्थित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।