काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शनिवार बेलुका नेता सुरेन्द्र पाण्डे र भीम रावलले भेटेका छन्। ओली निवास बालकोट पुगेका पाण्डे र रावलले पार्टीमा रहेका विवाद समाधान गरेर जानुपर्ने बताएका थिए।
वरिष्ठ नेता माधवकुमार नेपालपक्षका नेता पाण्डे र रावलले दुबैपक्षले आआफ्नो अडान छाडेर सहमति गर्नुपर्ने बताएका थिए। भेटमा ओलीले सममतिको सम्भवना सकिएकाले थप छलफल आवश्यक नहुने बताएका थिए।
ओलीसँगको भेटका विषयमा प्रतिक्रिया दिँदै नेता पाण्डेले कुनै निष्कर्ष निकाल्न नसकिएको बताए। ‘भीम कमरेड र म बालकोट गएका थियौ। पार्टीमा दुबैपक्षले सहमति गरेर जानुपर्छ भन्ने विषयमा सामान्य छलफल भयो,’ पाण्डेले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।