काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक बोलाएको छ। बैठक आज (आइतबार) बिहान ११ बजे पेरिसडाँडामा बस्ने गरी बोलाइएको एक नेताले बताए।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने उनको भनाइ छ।
आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नामसमेत टुंगो लगाउने जनाइएको छ।
यसिअघि शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो। सो अवसरमा केही दिनभित्रै सत्तासाझेदार दलबीच छलफल गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सहमति भएको जनाइएको छ।
असार २९ गते प्रधानमन्त्रीमा शपथ लिएका देउवाले हालसम्म पनि सरकारलाई पूर्णत दिन नसकेको भन्दै उनको आलोचना हुन थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।