काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह पुन: आपसी छलफलमा जुटेका छन्।
तीन नेताहरु सिंहनिवास चाक्सीबारीमा छलफलमा जुटेका हुन्। छलफल मुलुकको राष्ट्रिय राजनीति र कांग्रेस महाधिवेशनका विषयमा केन्द्रित रहेको बताइएको छ।
आगामी महाधिवेशनमा तीनै जना नेता सभापतिका आकांक्षी हुन्। उनीहरु सभापतिमा साझा उम्मेदवार लिएर जाने तयारीमा लागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।