• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन ७, २०८२ Thu, Feb 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मादी गाउँपालिकामा २४ सडकको स्तरोन्नति, ८ सय युवालाई स्वरोजगार तालिम

64x64
नेपाल लाइभ सोमबार, जेठ २१, २०७५  ११:५२
1140x725

पोखरा– मादी गाउँपालिकाले एक वर्षमा २४ सडक स्तरोन्नति गरेको छ। चालु आर्थिक वर्षको पुँजीतर्फ १६ करोड ३७ लाख ७६ हजार बजेटभित्र सबैभन्दा बढी सडक स्तरोन्नति शीर्षकमा ६ करोड ७५ लाख ४६ हजार खर्च गरेको गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए।

ग्रामीण भेग र विकट ठाउँमा बाटो मर्मतसम्भार गर्नुपरेकाले सडक मर्मत तथा सम्भार शीर्षकमा धेरै खर्च भएको गुरुङले बताए। गाउँपालिकाले काहुँखोला–दुधपोखरी, कसेरी–याङ्जाकोट, राखी–मिजुरे सडकमा १/१ करोड विनियोजन गरी मुख्य सडक निर्माण गरिसकेको छ। ‘सबै वडा तथा बस्तीमा सडक निर्माण र स्तरोन्नति गरी सडक नपुगेका ११ बस्तीमा नयाँ सडक विस्तार गरी सडक सञ्जालसँग जोडेका छौं,’ उनले भने।

४ मिटर लम्बाइ भएका बाटोलाई बढाएर ७ देखि ८ मिटरसम्म स्तरोन्नति गरिएको छ।

अध्यक्ष गुरुङका अनुसार गाउँपालिकाले सिक्लेसदेखि कोरीसम्म केबलकार सञ्चालन गर्ने तयारी छ। ‘त्यसका लागि सम्भाव्यता अध्ययन पूरा गरेर चिनीयाँ लगानीकर्ता लगायत अन्यलाई आकर्षित गर्नसमेत पहल भइसकेको छ,’ उनले भने।

एक घर एक धारा
गाउँपालिकाले खानेपानी संरचना निर्माणमा ३४ लाख ५ हजार रुपैयाँ विनियोजन गरी ३ सय ७७ घरधुरीमा १ घर १ धारा खानेपानी पुर्याएको छ। गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अधिकारीका अनुसार गर्दा नेपाली सेनाको सहकार्यमा वडा नम्बर ६ का ३२ घर, वडा नम्बर ११ मा ठूल्ढुंगा रेडक्रसको सहकार्यमा ३४ घर, ब्रिटिस गोर्खा वेलफेयर स्किमको सहकार्यमा वडा नम्बर १२, लिप्यानीमा २ सय ३१ घरधुरीमा खानेपानी धारा पुर्याइएको छ। ‘यसका साथै १० हजार मिटर खानेपानीको पाइप लक्षित वर्गलाई वितरण गरिसकेका छौं,’ अधिकृत अधिकारीले भने।

गाउँपालिकाको शान्ति सुरक्षाका लागि गाउँपालिका केन्द्रमा अस्थायी प्रहरी चौकी स्थापना गरेको पनि अधिकारीले बताए। ‘पहिला यहाँ प्रहरी चौकी थिएन, अस्थायी भए पनि चौकी निर्माण गरेका छौं,’ उनले भने, ‘थुम्सीकोट र सिक्लेसमा प्रहरी चौकी स्थापना गर्ने गृहमन्त्रालयमा पहल गरिरहेका छौं।’

उपल्लो हिमाली क्षेत्रमा प्राकृतिक सम्पदाको चोरी निकासी बढेकाले नियन्त्रण गर्न मादी–२, तप्रों शैनिक ब्यारेक राख्ने रक्षा मन्त्रालयमा पहल गरेको उनले जानकारी दिए। 

आत्मनिर्भर बनाउन स्वरोजगार तालिम
गाउँपालिका बासिन्दालाई आत्मनिर्भर बनाउन गाउँपालिकाले विभिन्न स्वरोजगार तालिम सञ्चालन गरिएको छ। स्थानीय ८ सय जनालाई युवा स्वरोजगार तालिम दिइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अधिकारीले जानकारी दिए।

Ncell 2
Ncell 2

स्थानीयलाई उद्यमी बनाउन गाउँका खेतजमीन बाँझो राख्न नपाइने नियम गाउँपालिकाले ल्याएको छ। त्यसका साथै बाँझो जमिन राख्नेलाई गाउँपालिकाले कारबाही समेत गर्न थालेको उनले बताए। ‘बाँझो जमिन गाउँपलिकाले लिन्छ, पछि उद्यम गर्न चाहनेलाई त्यही जमिन उपलब्ध गराउँछौं,’ उनले भने।

ऐन कानुन निर्माणमा अग्रसर
गाउँपलिकाबाट अहिलेसम्म १६ ऐन तथा कानुन निर्माण भइसकेको छ। 

गाउँपालिकाले विभिन्न शीर्षकका १२ ऐन तथा कानुन आगामी गाउँसभाबाट पारित गर्न विधेयक समिति र विषयगत समितिमा पेश भइरहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए।

मोबाइल टावर र प्रविधिमैत्री व्यवस्था
गाउँपालिकाले दूरसञ्चार कार्यालयसँगको सहकार्यमा गाउँमै टेलिफोन लाइन खडा गरेको छ। विद्युत, टेलिफोन तथा नेटको सुविधा उपलब्ध गराएर सबै वडा कार्यालय अहिले इन्टरनेटबाटै काम गर्न थालेको गाउँपालिका अध्यक्ष गुरुङले बताए।

गाउँपालिका अध्यक्ष गुरुङका अनुसार याङ्जाकोट स्याङ्जाकोट स्वास्थ्य चौकीमा मोबाइल टावर निर्माण गरिएको छ। 

गाउँपालिकाको कार्यालयमा लिजलाई इन्टरनेट सुविधायुक्त बनाउन अप्टिकल फाइबर समेत जडान गरिएको छ। ‘१२ वटै वडामा वाइम्याक्स जडान गरेर काम गरिरहेका छौं,’ गुरुङले भने, ‘इन्टरनेटको सुविधा पछि सबै वडा कार्यालयमा अनलाइन घटना दर्ता प्रक्रिया पनि सुरु भइसकेको छ।’ 

कार्यालयको वेबसाइट खोली प्रयोगमा रहेको उनले बताए। अनलाइन घटना दर्ता गर्न गाउँपालिका कर्मचारीलाई समेत तालिम दिइसकेको प्रशासकिय अधिकृत अधिकारीले जानकारी दिए।

गाउँपालिकाको–२, ताङतिङ, वडा–६, चिप्ली र वडा नम्बर–८, रवैडाँडा र पोसी परक्युमा केन्द्रीय विद्युत लाइन विस्तार गरी गाउँमा बिजुलीको सुविधासमेत बढाइएको छ। त्यस्तै गाउँपालिकाले पिपिपी मोडलमा आउँदो आर्थिक वर्षमै होइड्रो पावर सुरु गर्ने बताएको छ।

गठन नभई न्यायिक समितिमा ६ मुद्दा
मादी गाउँपालिकाको न्यायिक समिति अझैसम्म गठन भइसकेको छैन। समिति गठन नहुँदै ६ मुद्दा आइसकेको न्यायिक समिति कि संयोजक विष्णुमाया आचार्य पौडेलले जानकारी दिइन्।

कार्यादेश आउन ढिला भएकाले समिति गठनमा ढिलाइ भएको पौडेलले बताइन्। ‘कार्यादेश पर्खेर बस्यौं, त्यही भएर समिति गठन ढिलाइ भयो,’ उनले भनिन्, ‘आउँदो गाउँसभामा गठन गर्छौं,’ उनले भनिन्।

न्यायिक समितिमा अहिलेसम्म धेरै निवेदन सम्बन्धविच्छेदको आएको पौडेलले बताइन्। समितिमा अहिलेसम्म ३ वटा सम्बन्धविच्छेदको निवेदन परेको छ। सम्वन्धविच्छेद बाहेक गाउँपालिकामा झैझगडा, सीमाना साजगाँज र नागरिकता सम्बन्धी निवेदन आउने उनको भनाइ छ। 

‘आएका मुद्दा हाम्रो क्षेत्राधिकारको छ भने यहीँ मेलमिलाप गरेर सुल्झाउछौं, छैन भने जिल्ला अदालतका लागि सिफारिस गर्छौं,’ उनले भनिन्।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०७५  ११:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘मुलुकमा किन बारम्बार आन्दोलन भइरहन्छ, समीक्षा गरौँ’
भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध अघि अघि बढ्न रवि लामिछानेको आह्वान
गणतन्त्र यात्राको जननी फागुन ७ को क्रान्ति हो : सभापति थापा
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
‘मुलुकमा किन बारम्बार आन्दोलन भइरहन्छ, समीक्षा गरौँ’ बिहीबार, फागुन ७, २०८२
भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध अघि अघि बढ्न रवि लामिछानेको आह्वान बिहीबार, फागुन ७, २०८२
गणतन्त्र यात्राको जननी फागुन ७ को क्रान्ति हो : सभापति थापा बिहीबार, फागुन ७, २०८२
टुँडिखेलमा मनाइयो प्रजातन्त्र दिवस बिहीबार, फागुन ७, २०८२
सुनको मूल्य बढ्यो बिहीबार, फागुन ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
नेकपाका महासचिव ऋषि कट्टेलसहित चार जना पक्राउ बुधबार, फागुन ६, २०८२
पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ बुधबार, फागुन ६, २०८२
राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचनमा जानु उचित, नत्र चुनावपछि थप द्वन्द्व हुनेछ : ज्ञानेन्द्र शाह बुधबार, फागुन ६, २०८२
बंगलादेशका प्रधानमन्त्री रहमानको मन्त्रिपरिषद् घोषणा बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्