काठमाडौं- ओलम्पिकमा चारपटक स्वर्ण पदक जितिसकेकी अमेरिकी जिम्न्यास्ट सिमोन बाइल्सले जापानमा जारी टोकियो ओलम्पिक २०२० मा थप दुई इभेन्टको फाइनल नखेल्ने भएकी छन्।
बाइल्सले आइतबार हुने भल्ट र अनइभन बारको इभेन्ट फाइनल नखेल्ने युएसए जिम्न्यास्टिकले जानकारी दिएको हो।
मानसिक स्वास्थ्यको कारण उनले यसअगाडि दुई इभेन्टसको फाइनल नखेल्ने घोषणा गरेकी थिइन्। उनले वुमन्स टिमको फाइनल र बिहीबार भएको अलराउण्ड फाइनल खेलिनन्।
बाइल्सले सोमबार हुने फ्लोर फाइनल र मंगलबार हुने ब्लालेन्स बिम फाइनल खेल्न बाँकी छ। त्यो दुई इभेन्ट भने उनले खेल्ने सम्भावना रहेको बताइएको छ।
बाइल्सले ओलम्पिका बाँकी दुई इभेन्टमा प्रतिस्पर्धा गर्ने नगर्नेबारे दैनिक रुपमा मुल्यांकन गर्ने युएसए जिम्न्यास्टले जनाएको छ।
बाइल्सले नखेल्ने भएपछि उनको सट्टा भल्ट इभेन्टमा अमेरिकी कायला स्कनिरले प्रतिस्पर्धा गर्नेछिन्।
यस्तै, अनइभन बारको फाइनलमा भने बाइल्सको स्थानमा फ्रान्सकी मेलाने डे जेसस डोसले प्रतिस्पर्धा गर्नेछिन्।
बाइल्सले टोकियो ओलम्पिकमा टिम फाइनलमा अमेरिकी टाेलिबाट रजत पदक जितेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।