काठमाडाैं- ओलम्पिकमा चारपटक स्वर्ण पदक जितिसकेकी अमेरिकी जिमन्यास्ट सिमोन बाइल्सले ‘अल अराउण्ड’ फाइनल नखेल्ने भएकी छिन्।
उनले आफ्नो मानसिक स्वास्थ्यमा ध्यान केन्द्रित गर्नका लागि आगामी बिहीबारको फाइनल नखेल्ने निर्णय गरेकी हुन्।
बाइल्सले आफू यो प्रतिस्पर्धाको लागि अहिले तयार नरहेको भन्दै फाइनल नखेल्ने निर्णय गरेकी हुन्। उनले मंगलबारको वुमन्स टिमको फाइनल पनि नखेल्ने निर्णय गरेकी छन्।
टोकियोमा जारी ओलम्पिकमा बाइल्स व्यक्तिगत तर्फको पाँचै विधाको फाइनलमा पुगेकी छन्। उनले अर्को सातापछि खेलमा फर्किन सक्ने बताएकी छन्।
छनोटमा नवौं स्थानमा रहेकी जेड क्यारेले ‘अल अराउण्ड’ फाइनलमा बाइल्सको स्थान लिनेछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।