काठमाडौं– नेकपा एमालेका सचिव गोकर्ण विष्टले १० बुँदे सहमति र दुई अध्यक्षीय प्रणालीलाई आधार मानेर एकताका लागि पहल भइरहेको बताएका छन्।
शनिबार विघटित कार्यदलको अनौपचारिक छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेतर्फ लागेको बताए।
‘पार्टी एकतालाई जोगाउनु पर्छ र छोटो अवधिमै यसलाई टुंग्याएर जानु पर्छ’, बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सचिव विष्टले भने, ‘अब ढिला गर्नुको अर्थ पार्टीमा एकपछि अर्को क्षति पुग्छ भन्ने निष्कर्षमा पुगेका छौं।’
नेता रघुजी पन्तले आज दिउँसो बोलाइएको स्थायी समिति बैठकमा सहभागी हुनेबारे छलफल नभएको बताए। ‘हाम्रो सम्पूर्ण छलफल पार्टी एकताको विषयमा मात्रै केन्द्रित भयो’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।