काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अखिल फोर्स मुड्की बजाउने र कसैलाई हिर्काउने फोर्स नभएको बताएका छन्।
शनिबार काठमाडौंको बबरमहलमा अखिल फोर्सको बृहत् भेलालाई सम्बोधन गर्दै उनले यो अरुको आलोचना पनि सुन्ने र विनम्र भएर खण्डन गर्ने दस्ता भएको बताए।
'एउटाले फोर्स बनायो हामी पनि के कम? हामी तर्सेर भाग्ने कुरा आउँदैन’ उनले भने, ‘हामी विचारबाट अघि बढ्ने योद्धा हौं। हामी जवजबाट अघि बढ्छौं। अरुको आलोचना पनि सुन्छौ र विनम्र भएर खण्डन गर्छाैं। सिङ्गो पार्टीलाई विधि र पद्धतिमा राख्ने र म नै सर्वेसर्वा भन्ने भावलाई अस्वीकार गर्छाैं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।