काठमाडौं- नेपाली कांग्रेसमा अन्य दलबाट प्रवेश गरेकाहरुको समायोजन विवाद टुङ्ग्याउन समायोजन समितिको बैठक बस्दै छ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा बैठक बस्ने भएको हो। उपसभापति विमलेन्द्र निधि उक्त समितिको संयोजक छन्।
निधिसहित वरिष्ठ नेता पौडेल, नेता दिलेन्द्र बडुलगायतका नेताबीच उक्त विषयमा छलफल हुने जानकारी दिइएको छ।
सप्तरी, सिन्धुपाल्चोक, रसुवालगायतका नौ जिल्लामा समायोजनको विवाद छ। समायोजनको विवादले कांग्रेसको क्रियाशील सदस्यता वितरणको काम टुंगिन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।