काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले महाकालीमा तुइन काट्नेलाई कारबाही गर्न भारतसँग माग गरेका छन्।
शुक्रबार महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षा बल एसएसबीले तुइन काटिदिँदा दार्चुलाको व्यास गाउँपालिका-२ का जयसिंह धामी नदीमा वेपत्ता भएका थिए।
शनिबार कार्की ब्यांक्वेटमा आयोजित अखिल फोर्सको बृहत् भेलामा सम्बोधन गर्दै नेता नेपालले यो घटनामा संग्नलाई कारबाही गर्न भारतसँग माग गरेका हुन्।
'घटनामा संलग्नलाई कारबाही गरोस् भनेर म भारत सरकारको ध्यानाकर्षण गर्न चाहन्छु। नेपाल सरकारलाई पनि यो विषय उठाउनु सुझाव दिन चाहन्छु', नेपालले भने, 'म शेरबहादुर देउवालाई विशेष आग्रह गर्न चाहन्छु।',
नेपालले सबै जनतालाई कोरोनाको खोप उपलब्ध गराउन पनि माग गरे। उनले घोषणा गरेर मात्र नहुने भन्दै साँच्चिकै खोपको व्यवस्था गर्न माग गरे।
'घोषणा गरेर मात्रै आनन्दित नबन्नुस्। नेताहरुको बानी बिग्रेको छ, ठूलो कुरा गर्ने तर लागू नगर्ने। त्यस्तो नगर्नुस्। शेरबहादुर देउवाले पहिलो दोस्रो र तेस्रो प्राथमिकता खोप हो भन्नु भएको छ। निमुखाहरुमा पनि खोपको पहुँच पुगोस्', नेपालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।