फाइल तस्वीर।
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई देशद्रोही र आन्दोलन विरोधीको संज्ञा दिएका छन्। उनले अब नेपाललाई पार्टीमा कुनै ठाउँ नरहेको समेत बताए।
शनिबार एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिने नेपाललाई एमालेमा कुनै ठाउँ नरहेको बताएका हुन्।
‘माधव नेपाल जस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाउँ छैन। वामपन्थी सरकार ढाल्ने, आफ्नो पार्टीको अध्यक्षले माग्दा माग्दा २७ जना बाहिर लिएर जाने अनि दक्षिणपन्थी सरकारलाई मेरो विश्वास छ भनेर फ्लोर क्रस गर्ने? त्यस्ताका लागि ठाउँ छैन’, ओलीले भने।
उनले प्रतियिक्रयावादीहरुसँग लागेर माधव नेपालले आफू नेतृत्वको सरकार ढालेको आरोप पनि लगाए। पार्टीमा बाटो बिराउनेहरूका कारण ठूलो क्षति भएको भन्दै ओलीले ‘मुख्य मुख्य अपराधी’ बाहेक अरु भने पार्टीमा फर्किन सक्ने बताए।
यद्पि, पार्टी एकताका नाममा धेरै कुर्न नसकिने ओलीले बताए। अध्यक्ष ओलीले आगामी चुनावमा एमालेले फेरि बहुमत ल्याउने दाबी पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।