फाइल तस्वीर।
काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सम्पूर्ण शक्ति परिचालन गरेको दाबी गरेका छन्।
उपसभापति निधिले जहाँबाट ल्याएर भएपनि आम जनतालाई कोरोना खोपको व्यवस्था गर्न सरकार प्रतिवद्ध भएर लागि परेको बताएका हुन्।
शनिबार काठमाडांैको त्रिपुरेश्वरमा स्थापना गरिएको ‘नवरत्न आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टर’को उद्घाटन गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कोरोना विरुद्धको खोपलाई बढी प्राथमिकता दिएको पनि बताए।
‘खोपलाई सरकारले सबैैभन्दा बढी प्राथमिकता दिएको छ। अहिले खोपको व्यवस्थापनमा सरकारले सम्पूर्ण शक्ति लगाएको छ। सरकारले जहाँबाट ल्याएर भएपनि नेपाली जनतालाई खोप उपलब्ध गराउँछौं भनिरहेको छ’, निधिले भने।
उपसभापति निधिले कोरोनाको तेस्रो लहर आउन नदिन पनि सरकार आवश्यक तयारीमा लागि परेको बताए।
निधिले कोरोनाबाट मुक्ति पाउने उपायको खोजी गर्न आयुर्वेद चिकित्सकसँग आग्रह पनि गरे। उनले जनताको जीवन रक्षा गर्ने कुरा पहिलो प्राथमिकतामा रहेकाले यसमा आयुर्वेद चिकित्सकहरुले पनि महत्त्पूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।