काठमाडौं- सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माणका लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग प्रदान गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको भएको छ।
बालबालिकाहरुलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्नका लागि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले काठमाडौंलगायत सबै प्रदेशमा सुविधायुक्त अस्पताल निर्माण गर्ने लक्ष्य राखेको छ।
समझदारी पत्रमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भगवान कोइराला र सानिमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले हस्ताक्षर गरेका छन्।
सानिमा बैंकको देशभर हाल सम्म ८६ वटा शाखा सञ्जाल, १८ विस्तारित काउन्टर तथा ९६ वटा एटीएम रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।