काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोनाविरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्।
शनिबार विहान काठमार्डौको नयाँ बजारमा भएको एक कार्यक्रमा बोल्दै नेता सिंहले कोरोनाको तेस्रो लहरको जोखिम बढेकाले सम्पूर्ण नागरिकलाई खोपको व्यवस्था गर्न सरकारले विशेष तयारी थालन्नु पर्ने बताएका हुन्।
उनले कांग्रेस नेतृत्वको सरकारको पहिलो प्राथामिकता कोरोना नियन्त्रण हुनुपर्ने बताए। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराउने बताईसकेको भन्दै सिहंले त्यसै अनुसार काम थाल्न सरकारलाई आग्रह गरे।
'कोरोना संक्रमणको तेस्रो लहरको जोखिम उच्च छ । यस्तो बेला सरकारले कोरोना विरुद्धको खोप सम्पूर्ण नागरिकलाई व्यवस्था गर्नु पर्छ ’उनले भने‘प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले कोरोना विरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराउने बताइसक्नु भएको छ। विश्वास गरौं काम पनि त्यसै अनुसार हुने छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।