काठमाडौं- लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनसँग मुख्यमन्त्री शंकर पोखरेलले स्वागत भेट गरेका छन्।
शनिबार बिहान मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख शेरचनसँग भेट गरेका हुन्। भेटमा मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेश सरकारले गरेका काम र प्रगतिबारे जानकारी गराएका थिए।
शुक्रबार शेरचनले पदभार ग्रहण गरेका थिए। शुक्रबार नै प्रदेश प्रमुखको कार्यालय पुगेका शेरचनको स्वागतमा प्रदेशका मु्ख्यमन्त्री पोखरेल र मन्त्रीहरु सहभागी भएका थिएनन्। प्रदेश प्रमुखको स्वागतका लागि कुनै मन्त्री प्रदेश प्रमुखको कार्यालय नपुगेको भन्दै आलोचना भएको थियो।
आफूहरु बैठकमा सहभागी भएकाले प्रदेश प्रमुखको स्वागतका लागि जान नपाएको सरकार प्रवक्ता बैजनाथ चौधरीले बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।