काठमाडौं- जनता समाजवादी पार्टी(जसपा)ले शनिबार दलको नेता चयन गर्ने भएको छ। नेता चयन गर्न आज बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलको बैठक बस्ने जसपाका नेता महेन्द्र राय यादवले बताए।
निर्वाचन आयोगबाट जसपा अध्यक्ष उपेन्द्र यादवपक्षले आधिकारिकता पाएपछि दलको नेता चयन गर्न लागिएको हो।
निर्वाचनको एउटा प्रक्रिया पूरा गर्नु पर्ने भएकाले दलको नेता चयन गर्न लागिएको जसपा नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए। दलको नेतामा सर्बसम्मतिले अध्यक्ष यादव चयन हुने भएका छन्।
जसपा एक भए पनि संसदीय दलको विधान बन्न नसक्दा दलको नेतामा महन्थ ठाकुर राजपा र उपेन्द्र यादव समाजवादी पार्टीको दलका नेता थिए। जसपा आधिकारिकता उपेन्द्रले पाएपछि पुनः दलको नेता चयन प्रक्रियामा जाने लागेको हो।
जसपामा उपेन्द्रपक्षमा २२ सांसद छन्। बाँकी १० सांसद महन्थतिर लागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।