फाइल तस्वीर
काठमाडौं- नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ।
शनिबार तुलसीलाल स्मृति भवन च्यासलमा दिउँसो ३ बजे बैठक बोलाइएको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
आजको बैठकमा तीन वटा अजेन्डामाथि छलफल हुने जनाइएको छ। केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र बितरणबारे बैठकमा छलफल हुने तामाङले जानकारी दिए।
आफूनिकट नेताहरुसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई धेरै पर्खिन नसक्ने स्पष्ट पारेका छन्। त्यसकै लागि ओलीले आफ्नो समूहमा शनिबारसम्मको ‘डेडलाइन’ तोकेका छन् र त्यो समयसम्म सहमति नजुटे स्थायी कमिटी बैठकबाट अघि बढ्ने तयारी गरेका छन्।
फुटको संघारमा पुगिसकेको एमालेलाई एकताबद्ध पार्ने भन्दै ओली र नेपाल पक्ष दुवैले पाँच–पाँच जनाको कार्यदल बनाएका थिए। त्यो कार्यदलले १० बुँदे सहमतिको प्रस्ताव ओली र नेपाललाई बुझाएको थियो। ओली अब त्यही सहमतिअनुसार स्थायी कमिटीबाट निर्णय गरेर अघि बढ्ने ‘मूड’मा पुगेको उनीनिकट एक नेताले नेपाल लाइभलाई बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।