• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

फुटबल प्रशिक्षकले सतहमा ल्याएको एन्फा-राजनीति : विधानविपरीत विवाद सुल्झाउने जिम्मा मन्त्रीलाई

64x64
दीप सुवेदी शनिबार, साउन १६, २०७८  १०:०८
1140x725

अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच फेसबुकबाट बाहिरिएको विवाद अब युवा तथा खेलकुद मन्त्रालय पुगेको छ। एन्फाले विवाद टुंग्याउन नसकेपछि मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको छ।

प्रशिक्षकले आफूमाथि लगाएको आरोपको छानबिन गरेर संस्थागत धारणा सार्वजनिक गर्नुपर्ने माग गर्दै वरिष्ठ उपाध्यक्ष नेम्वाङले एन्फामा निवेदन दिएका थिए। प्रशिक्षक अलमुताइरीले पनि बिहीबार वरिष्ठ उपाध्यक्ष र दुई संचारकर्मीमाथि छानबिन हुनुपर्ने मागसहित एन्फामा निवेदन दर्ता गराए। त्यसअघि एन्फाको कार्यशैलीमाथि प्रश्न उठाउँदै उपाध्यक्षद्धय वीरबहादुर खड्का, कृष्ण थापा र सदस्य दावा लामाले पनि राजीनामाको घोषणा गरेपछि फुटबलमा नयाँ विवाद सिर्जना भएको थियो।

यी विवाद समाधानका लागि शुक्रबार आपतकालीन बैठक बसेको थियो। दिउँसो ४ बजे सुरु हुने भनिए पनि केही ढिला गरी बैठक सुरु भयो।

बैठकमा मनोनीत पदाधिकारीलाई ‘नो इन्ट्री’
एन्फाको आपतकालीन बैठकमा संघका मनोनित सदस्यलाई प्रवेश दिइएको थिएन। मनोनीत सदस्य र पदाधिकारीलाई एन्फाले खबरसमेत गरेको थिएन। बैठकमा निर्वाचित पदाधिकारी र सदस्य गरी १७ जना तथा मनोनयनबाट आएका महासचिव इन्द्रमान तुलाधर र कोषाध्यक्ष रवीन्द्र जोशी मात्र सहभागी भए। अध्यक्ष शेर्पाले मानार्थ अध्यक्ष टासी घलेसहित १७ जनालाई कार्यसमितिमा मनोनीत गरेका थिए।

गत वर्ष शेर्पाले पूर्वमानार्थ अध्यक्ष टासी घलेलाई फिर्ता बोलाउने मुख्य अजेण्डासहित विभिन्न विषयमा छलफलका लागि आपतकालीन बैठक बोलाएका थिए। तर, वरिष्ठ उपाध्यक्ष नेम्वाङ स्वास्थ्यको कारण देखाउँदै त्यो बैठकमा उपस्थित भएका थिएनन्। त्यहीकारण गणपूरक संख्या नपुग्दा बैठक स्थगित भएको थियो। यो सिलसिला शुक्रबारको बैठकमा पनि जारी रह्यो।

एन्फा प्रवक्ता किरण राईका अनुसार वरिष्ठ उपाध्यक्ष नेम्वाङले कार्यसमितिको आकस्मिक बैठकमा निर्वाचित पदाधिकारीलाई मात्र आमन्त्रण गर्नुपर्ने अडान राखेपछि अन्यलाई नबोलाइएको हो। मनोनीतसहित एन्फाको ३४ जनाको कार्यसमितिमा अधिकांश अध्यक्ष शेर्पा निकट छन्।

प्रायः कार्यसमिति बैठकमा अल्पमतमा पर्ने गरेका कारण नेम्वाङले निर्वाचित कार्यसमितिको मात्र बैठक बस्नुपर्नेमा जोड दिँदै आएका छन्। निर्वाचित १७ सदस्यीय कार्यसमितिको नेम्वाङ पक्षमा उपाध्यक्षद्धय खड्का, थापा र सदस्य दावा लामा छन्। ‘विधानले १७ जनालाई कार्यसमितिको रुपमा बुझेको छ। अरु साथीलाई पनि मनोनीत कार्यसमितिको रुपमा मानिरहेका छौं। तर, आकस्मिक बैठक हुनाले व्यवहारिक रुपमा निर्वाचित मात्र बस्नुपर्ने भयो,’ एन्फा प्रवक्ता किरण राईले भने, ‘अलिकती छिटो छरितो निर्णय गर्नुपर्ने र कोभिडका कारण समेत धेरै भिड नगरौं भन्ने भयो।’

एन्फाका उपाध्यक्ष शिक्षित पराजुलीले भने अब उप्रान्त कुनै पनि कार्यसमिति बैठकमा आफू सहभागी नहुने भन्दै महासचिव तुलाधरलाई लिखित रुपमा पत्र बुझाएका छन्। उनी मनोनीत उपाध्यक्ष हुन्। ‘वर्तमान कार्यसमिति निर्वाचित भएर कार्य प्रारम्भ गरेपश्चात संघले प्रदान गरेको जुनसुकै जिम्मेवारी विनासुविधा निर्वाह गर्दै आइरहेको अवस्थामा मैले फुटबल खेलको विकासमा गरेको लगानी एवं योगदानको समेत अवमुल्यन हुने गरी आपतकालीन बैठकबारेमा कुनै जानकारी नदिइ विभेदपूर्ण व्यहार गरिएको छ,’ पराजुलीले भनेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

वर्तमान कार्यसमितिलाई विजयी बनाउन उनले निर्वाचनमा सघाएका थिए। आफ्नै सहयोगमा निर्वाचित बनेका सहकर्मीहरुले आफूलाई बाहिर राख्दै कार्यसमिति बैठक आह्वान गरेपछि उनी असन्तुष्ट बनेका हुन्।

अलमुताइरीलाई कारबाही गर्न अस्वीकार
बैठकमा प्रशिक्षक अलमुताइरीलाई भने बोलाइएको थियो। उनी बैठक सुरु भएको एक घन्टापछि पुगेका थिए। उनीसँगै सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलकिपिङ प्रशिक्षक विकास मल्ल बैठकस्थलमा प्रवेश गरेका थिए। एकपटक बाहिर निस्केर पार्किङसम्म आएका उनलाई महासचिव तुलाधरलगायत पदाधिकारीले फर्काएका थिए। उनी केही समय मात्र बैठकमा सहभागी भएर निस्किए।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार उनले आफ्नो निवेदन पढेर भनाइ राखेपछि वरिष्ठ उपाध्यक्ष र संचारकर्मीको निवेदन वाचन नसकिँदै बीचैमा हिँडेका थिए। बैठकमा बोल्ने क्रममा प्रशिक्षक अलमुताइरीले आफूले दुई पत्रकार बिभा थापा र बिभु श्रेष्ठमाथि दुव्र्यवहार नगरेको र गत ८ साउनमा ‘आफ्नो इज्जतमा दाग लगाउने किसिमले’ समाचार प्रकाशित गराउन एन्फाका वरिष्ठ उपाध्यक्षसहित केही पदाधिकारी लागेको बताएका थिए।

आफूविरुद्ध लेखिएको समाचारमा वरिष्ठ उपाध्यक्ष नेम्वाङसहित एन्फाका पूर्वअध्यक्ष गणेश थापा, उपाध्यक्षद्वय कृष्ण थापा र वीरबहादुर खड्काले लाइक र कमेन्ट गरेकोमा पनि असन्तुष्टि जनाएका थिए। घटनाको यथार्थबारे छानबिन गर्न र आफूमाथि कारबाही गर्न उनीहरुले उठाएको मागबारे पनि अलमुताइरीले असन्तुष्टि पोखे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बैठकमा अध्यक्ष शेर्पाले प्रशिक्षक अलमुताइरीको पक्ष लिएका थिए। अलमुताइरीलाई कारबाही गर्दा नेपाली फुटबललाई अप्ठ्यारो पर्ने भनाइ राखेका थिए। उनको भनाइ उधृत गर्दै एक पदाधिकारीले भने, ‘साफ च्याम्पियनसिप आउँदै छ। त्यसमाथि प्रशिक्षकलाई कारबाही गर्दा अन्तरराष्ट्रिय सम्बन्ध बिग्रिने उहाँले बताउनुभयो। किनभने प्रशिक्षक कतारको सहयोगमा आएका हुन्। एन्फाको प्रतिष्ठामाथि दाग लाग्ने सोचका साथ उहाँले उक्त विचार राख्नु भएको हो।’

उनका अनुसार प्रशिक्षक अलमुताइरीले आफूलाई असुरक्षाको महसुस भएको र आफ्नो समर्थनमा एन्फा अगाडि नआएको पनि बैठकमा बताएका थिए। उनी एन्फा परिसरमा प्रवेश गर्दा र बाहिर निस्कँदा सुरक्षा व्यवस्था कडा गरिएको थियो। उनी मिडियासामु पनि प्रस्तुत भएनन्। साहयक प्रशिक्षक श्रेष्ठ र गोलकिपिङ प्रशिक्षक मल्लसँगै उनी गाडी चढेर बाहिरिए।

बैठकपछि अध्यक्ष शेर्पाले भने समान्य प्रतिक्रिया दिए। उनको भनाइ थियो, ‘मैले जे जति गर्छु, यथार्थमा आधारित भएर मात्र गर्नेछु।’

नेम्वाङ पक्ष पनि बैठकको बीचैमा बाहिरियो
शुक्रबारको बैठकबाट वरिष्ठ प्रशिक्षक नेम्वाङसहित उनी पक्षका पदाधिकारी र सदस्य बाहिरिँदा प्रवक्ता राई बाहिरै आएर उनीहरुलाई फकाइरहेका थिए। राई उनीहरुलाई फेरि बैठकमा सामेल हुन अनुरोध गरिरहेका थिए। तर, उनीहरू फर्केनन्। बैठकमा प्रशिक्षकको प्रस्तुति र अध्यक्ष शेर्पाको पटक–पटक फेरिएको निर्णयलाई लिएर उनी असन्तुष्ट थिए।

नेम्वाङले व्यक्तिगत रुपमा आफूले घटना बिर्सने भए पनि संस्थागत रुपमा सही निर्णय गर्नुपर्ने अडान राखे। उपाध्यक्ष खड्काले पनि नेपाली फुटबलको हितमा निर्णय गर्न आग्रह गर्दै बैठक छाडेको बताए। ‘हामीले प्रशिक्षक अलमुताइरीलाई कारबाहीका लागि माग राखेका थियौं, तर त्यसलाई अध्यक्ष (कर्माछिरिङ शेर्पा) ले अस्वीकार गर्नुभयो। हामी नेपाली फुटबललाई गतिरोध हुन दिन्नौं भनेर बाहिएका थियौं,’ उनले भने।

अलमुताइरीको समर्थनमा सामाजिक सञ्जालमा आफूलाई मनपरी गाली गरिएको भन्दै वरिष्ठ उपाध्यक्ष नेम्वाङ आक्रोश पोखे। ‘एन्फा नेपाली फुटबलको सर्वोच्च संस्था हो, यसबाट हामीले जुन अपेक्षा राखेका छौं, त्यो पूरा भएन,’ उनले भने, ‘प्रशिक्षकले अनुशासन तोडेका छन् र वरिष्ठ उपाध्यक्षमाथि गम्भीर आरोप लगाएका छन्। उनीमाथि कारबाही गर्नुपर्ने थियो।’

नेपाली फुटबलमा पछिल्लो समय विकसित भएका घटनाप्रति उनले निराशा पोखे। एन्फा आफूले गर्नुपर्ने निर्णय तथा काममा चुकेको पनि उनले आरोप लगाए। ‘कर्मचारीले संस्थाको वरिष्ठ उपाध्यक्षलाई विनाआधार आरोप लगाउनु अनुशासनहीन कुरा हो। संस्थाले बोल्ड निर्णय गर्न सक्नुपर्छ। प्रशिक्षकको दबाबमा आएर संस्थाका मान्छेहरुले केही नबोल्ने भएपछि सर्वोच्च संस्थाको नेतृत्व गर्छौँ कसरी भन्ने?,’ उनले प्रश्न गरे। अहिले प्रशिक्षकका कारण निम्तिएको समस्याको चाँडै समाधान निकाल्नुपर्ने उनले बताए।

विवाद अझै धकेलियो
एन्फाले मुख्य प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको विवाद समाधान गर्न सकेन। विवादलाई मन्त्रालयतिर सारिँदिदा झनै लम्बिने मात्र होइन, समाधान नै अनिश्चित बन्ने भएको छ। मुख्य प्रशिक्षक विवादमा फस्दा त्यसको असर मैदानसम्म देखिन सक्छ। तत्काललाई आसन्न साफ च्याम्पियनसिपको तयारीमा रहेको टोलीमा प्रत्यक्ष असर देखिनेछ।

फिफा र एएफसीको विधानमा यस्ता विवाद समाधानका लागि स्वतन्त्र समितिले छानबिन गर्नुपर्ने उल्लेख छ। विवादलाई मन्त्रालयतिर सारेर लम्ब्याउँदा थप जटिलता आउने संभावना हुन्छ। तर, एन्फालाई छानबिन समिति बनाएर समाधान निकाल्न पनि सजिलो छैन। समिति बनाएर आफू अनुकूल निर्णय नआए नमान्ने वरिष्ठ उपाध्यक्ष नेम्वाङले बताइसकेका छन्।

अहिलेलाई यो विवाद वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षकको व्यक्तिगतजस्तो देखिन्छ। तर, अब यो विवादमा संस्था मात्र जोडिएको छैन कि पक्ष र विपक्ष नै भइसकेको छ। त्यसैले यी विषय चुनावसम्म लम्ब्याएर आफ्नो पक्ष बलियो बनाउने ‘दाउ’ पनि हुनसक्छ। त्यसो भए एन्फा आफ्ना नियमित काम प्रभावशाली ढंगबाट गर्न चुक्नेछ। त्यसले नेपाली फुटबललाई घाटा मात्र गर्नेछ।

प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  १०:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
सन्न्यासपछि मेसीको २ गोल लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आइतबार बिहान डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको छ। आइतबार, असोज २५, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्