काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तेस्रो लहर (फेज)सँग जुध्ने तयारी तत्काल सुरु गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन्।
शुक्रबार बेलुका बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा प्रधानमन्त्री देउवाले अक्सिजनको प्रवन्ध गर्न, नाकाहरुमा कोरोनाको परीक्षण गर्न र बालबालिकाहरुका लागि विषेश सतर्कता अपनाउन निर्देशन दिएका हुन्।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। मन्त्रालयले पनि अबको २/३ महिनामा कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनी दिएको छ।
मन्त्रालयले बालबालिकाहरूका लागि १८० भेन्टिलेटरसहितको २५० वटा आईसीयू बेड थप्ने कार्य अगाडि बढाइसकेकाे जनाएको छ।
यस्तै, मन्त्रालयले कोरोना संक्रमणको अवस्था हेरेर जिल्लाहरुलाई विभिन्न जोन (रेड, एम्बर, यल्लो र ग्रीन) अनुसार ‘स्मार्ट लकडाउन’ गर्नुपर्ने प्रस्ताव पेस गरेको छ।
यस प्रस्तावबारे अर्को बैठकमा छलफल हुने सहभागी एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।